Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बिद्युत सेवा नहुदाँ जिल्लाका सञ्चारमाध्यमहरु बन्द

Published on 2:40:00 PM //

शिबलाल सुबेदी
गुल्मी, १७ माघ । लामो समयसम्म बिद्युत सेवा नहुदाँ गुल्मीका सञ्चार माध्यमहरु समेत बन्द भएका छन । बिहीवार बिहानदेखि जिल्लामा बिद्युत सेवा नहुदाँ गुल्मीमा सञ्चालित ६ वटा एफएम रेडियोहरु बन्द भएका छन । त्यस्तै मोवाईल प्रयोगकर्ताहरुले मोवाईल चार्ज गर्न नपाउदाँ गर्न नपाउदाँ मोवाईल समेत बन्द भएका छन । बुटवल पाल्पाको बिचको लाईनमा समस्या आएकाले बिद्युत सेवा बन्द भएको नेपाल बिद्यृत प्राधिकरण गुल्मी शाखाले जनाएको छ । बिहीवार दिनभर समस्या पत्ता लगाउन नसकेर बिद्युत मर्मत गर्न नसकिएकाले आज शुक्रवार बिहानैदेखि लाईनमा आएको समस्या खोज्न थालिएको पाल्पा बिद्यृत प्राधिकरण शाखाले बताइएको छ । आज दिउसो बिद्युत सञ्चालन हुन सक्ने अनुमान गरिएको छ । 
सेवा अवरुद्ध हुदाँ जिल्लाका एफएम रेडियो लगायत मोवाईल सेवा, फर्निचर, उद्योग कलकारखाना, कम्प्युटर सेन्टर,कोचिङ्ग सेन्टरहरु बन्द हुनुका साथै एसएलसी परिक्षाको तयारीमा जुटेका बिद्यार्थीहरु बढी मर्कामा परेका छन । सञ्चारकर्मीहरुले नेपाल टेलिकमको अफिसमा पुगेर समाचार सकंलन तथा रिपोटिङ्गको काम गरिरहेका छन ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग