Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी समाज युकेद्वारा अनिशलाई बचाउन ५१ हजार सहयोग

Published on 2:07:00 AM //

दुवईमा मृत्यूदण्डको फैसाला सुनाइएका अनिश खालिङलाई बचाउन गुल्मी समाज युकेले ५१ हजार रुपैंया सहयोग गरेको छ । समाजका अध्यक्ष अर्जुन गौतमले अनिशको जिवन रक्षाका लागि अग्रसर बेलायतबासी सम्पूर्ण गुल्मेलीहरुलाई धन्यवाद दिएका छन । उनले वेलायतबासी नेपाली समुदायलाई आआफ्नो तर्फबाट सक्दो सहयोग गर्न समेत आब्हान गरेका छन ।
एक पाकिस्तानी नागरिकले खालिङलाई यौन र्दुबयवहार गरेको कारण प्रतिकार गर्दा घाइते बनेका पाकिस्तानी नागरिकको उपचारकोक्रममा मृत्यु भएको थियो । उनको मृत्युको पछाडि खालिङको हात रहेको आरोप सहित मुद्धा दायर गरिएकोमा उनलाई स्थानिय अदालतले दोषी ठहर गर्दे मृत्य दण्डको सजाय सुनाएको छ ।
अब मृतकको परिवारले ब्लडमनी करिब ५६ लाख रुपैयां स्वीकार गरेमा खालिङलाई बचाउन सकिने बताएको छ । सो रकम संकलन गर्न गैरआवासीय नेपाली संघ (एनआरएन) युकेले उपाध्यक्ष सुर्य नेवाङ्गको संयोजकत्वमा समिति गठन गरेको एनआरएन युकेले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग