Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ट्रयाक्टरको ट्रली चुँडिदा दुईको मृत्यु

Published on 1:03:00 PM //

बिशाल भट्टराई
गुल्मी, पौष २३ । अर्लाङकोट गाविस–९ को राक्सेमोडमा भएको ट्रयाक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। बाग्लुङको काँडेबासबाट ९ टन खाद्य सामग्री बाकेर अर्लाङकोटको दलित बस्तीमा आउँदै गरेको ध१त २१४ नम्बरको बस गएराति दुर्घटनामा परेको थियो। दुर्घटनामा अर्लाङकोट–९ का ७५ वर्षीय बलबहादुर विक र सोही स्थानकै ११ वर्षीय बालक रमेश विकको ज्यान गएको प्रहरीले जनाएको छ।

कच्ची सडकमा अत्यधिक धैरे सामग्री बोकेको ट्रयाक्टरको ट्रली छुट्टीएर सडकबाट ५ सय मिटर तल खसेको छ। बिच बाटोमा ट्रयाक्टर रोकेर ट्रलीमा चढेका उनीहरु ट्रलीसँगै तल खसेको स्थानीय कालिदास खरेलले बताए। दुर्घटनामा मानविय क्षती बाहेक करिव १ लाख बराबरको क्षती भएको प्रहरीले जनायो।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग