Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बागलुङमा कफि खेति विस्तार गरिने

Published on 1:00:00 PM //

कविता घर्तीमगर 
बागलुङ । चालु आर्थिक वर्षमा बागलुङ जिल्लाको २० हेक्टर क्षेत्रफलमा कफि खेति विस्तार गरिने भएको छ । जिल्लामा कफि खेतिको सम्भावना राम्रो भएकाले कफि खेति विस्तार गर्ने जिल्ला कृषि विकास कार्यालयको योजना रहेको छ ।
बागलुङ जिल्लालाई विभिन्न खेतिमा नमुना बनाउने उद्धेश्य लिएको बताउदै बरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले कफि खेतिको राम्रो सम्भावना भएकाले कफि खेति विस्तार गरिने बताउनुभयो । उहाँले खेति विस्तारका लागि जिल्लामा कफि नर्सरी स्थापना गरेको बताउदै कफि खेति गर्न ईच्छुक कृषकलाई विरुवामा ५० प्रतिशत अनुदान दिने बताउनुभयो । बजारमा हाल काचोँ कफि प्रतिकेजि ५० र धुलो कफि प्रति केजि १ सय ५० देखि २ सय रुपैया केजि सम्म कारोबार हुदै आएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग