Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आँपचौर सेवा समिति जापानको तेस्रो अधिवेशन सम्पन्न

Published on 10:21:00 PM //

टोकियो- गुल्मी आँपचौर सेवा समिति जापानको तेस्रो अधिवेशन टोकियोमा सम्पन्न भएको छ । गत जनवरी १ तारिखका दिनमा नयाँ वर्षको शुभकामना आदान प्रदान तथा तेस्रो अधिवेशन तोरानोमोनको ईण्डियन रेष्टुरेन्ट नानमा सम्पन्न भएको हो ।
आँपचौर सेवा समिती जापानका निवर्तमान अध्यक्ष तुलाराम तिवारीको अध्यछतामा सम्पन्न भएको उक्त कार्यक्रमको प्रमुख आतिथ्यता गुल्मेली समाज जापानका अध्यक्ष यमलाल कंडेल (राजु)ले गर्नुभएको थियो ।

उक्त भेलाले अघिल्लो कार्यकालको समाप्त भएको घोषणासहित गुणराज सापकोटाको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । जसमा उपाध्यक्षमा महाशर्मा खरेल र चेतन अर्याल रहनुभएको छ भने महासचिबमा महेन्द्रकुमार अधिकारी सचिबमा वलदेब केसी, कोषाध्यक्षमा वावुराम अर्याल र सह कोषाध्यक्षमा प्रकाश खरेल रहनुभएको छ । यसैगरि अन्य सदस्यहरुमा कृष्ण प्रसाद पोखरेल, भानु अर्याल, भिष्म अर्याल, सीता अर्याल, चेतन खरेल रुक्मांगत खरेल भेषराज अर्याल धनपति खरेल र कृष्ण गौतम रहनु भएको छ भने अन्य सदस्यहरुपछि थप्ने उक्त समितीले निर्णय गरेको छ । कार्यक्रमको संचालन समितीका निवर्तमान सचिब तथा नयाँ कार्यसमितिका महासचिब महेन्द्रकुमार अधिकारीले गर्नुभएको थियो ।
-नेपाल जापान

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग