Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अबुधाबीमा रहेका गुल्मेली एकजुट हुने, सबै गुल्मेलीलाई उपस्थित हुन अनुरोध

Published on 3:14:00 AM //

कृष्ण गौतम
युएई । गुल्मी सेवा समाज यूएई अन्तर्गत अबुधाबी क्षेत्रिय समिती को यही १७ जनवरी २०१४मा बसेको बैठक ले आगामी फेब्रवरी ०७ तारिक शुक्रबार का दिन अबुधाबी क्षेत्रमा कार्यरत सम्पूर्ण गुल्मेलिहरुलाई गुल्मी सेवा समाजमा आबद्द गराउने हेतुले बिशेष भेला आयोजना गरेको छ ।
उक्त बैठक समितीका अध्यक्ष मोहन खत्रीको सभापतित्व तथा केन्द्रिय उपाध्यक्ष कृष्ण गौतमको प्रमुख अथिती तथा अबुधाबी क्षेत्रिय समितीका उपाध्यक्ष मित्र महत, सचिब टिकाराम खरेल, कोषाध्यक्ष चुमान काउछा मगर, सदस्य अर्जुन बस्नेत, सिता घिमिरे, देवी नेउरे, तुल्सी रेग्मी, मिना थापा तथा अन्य गुल्मेलीहरुको उपस्थितीमा बिभिन्न बिषयमा छलफल गरी आगामी फेब्रवरी ०७ तारिक शुक्रबारका दिन भेला आयोजना गरी समिती बिस्तार गर्नुका साथै सदस्यता बितरण गर्ने निर्णय समेत गरेको हो ।
आगामी दिनमा समितिमा के कस्ता कार्यक्रमहरु लिएर अगाडि जाने भन्ने बिषयमा छलफल गर्दै बैठक समापन गरिएको थियो । अबुधाबी क्षेत्र, मुसफा, बनियासमा रहनु हुने सम्पूर्ण गुल्मेली दाजु भाई दिदी बहिनीहरुलाई उपस्थिती भई सँस्थामा आबद्द हुन गुल्मी सेवा समाज यूएई अबुधाबी क्षेत्रिय समिती हार्दिक अनुरोध समेत गर्दछ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग