Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एक पोका नुनको ४० रुपैयाँ

Published on 4:00:00 AM //

जाजरकोट, माघ ७।  साल्ट ट्रेडिङ कर्पोरेसन जिल्ला शाखाबाट मात्र वितरण हुँदै आएको आयोडिनयुक्त नुन जाजरकोटका विभिन्न बजारमा महँगो शुल्कमा बिक्री वितरण हुँदै आएको छ।

जिल्ला शाखाबाट प्रतिपोका रु नौ रुपैयाँमा बिक्री वितरण हुने गरेको आयोडिनयुक्त नुन  सदरमुकामलगायत अन्य बजारमा रु ३५salt- देखि ४० सम्ममा बिक्री वितरण हँुदै आएको हो।

कर्पोरेसनको जिल्ला शाखाबाट प्रतिव्यक्ति तीन पोकाको दरले नुन वितरण हुँदै आएको छ। तर बजारका व्यापारीलाई शाखाले क्विन्टलका क्विन्टल नुन लुकाएर दिएपछि जनताले चर्को मूल्य तिरेर लिनुपर्ने बाध्यता सिर्जना भएको हो। अहिले जाजरकोट सदरमुकामलगायत रिम्ना, कालीमाटी लगायतका बजारमा रहेका पसलहरूमा ठूलो मात्रामा आयोडिनयुक्त नुन फेला परेको छ।

सरकारले जाजरकोट लगायतका दुर्गम तथा हिमाली जिल्ल्ाामा आयोडिनयुक्त नुनमा अनुदान दिँदै आएको छ। तर नुन वितरणमा भइरहेको अनियमितता र कमिसनका कारण जनता भने मर्कामा परेका छन्।

व्यापारीको मिलोमतोमा कमिसनका कारण कर्पोरेसन शाखाका कर्मचारीले शाखामा नुनको अभाव देखाई बजारका पसलहरूमा महँगो शुल्कमा किन्न्ा बाध्य बनाएको स्थानीइ जनताको गुनासो रहेको छ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग