Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेपाली युवालाई दुबईमा मृत्युदण्डको फैसला

Published on 12:30:00 AM //

सङ्खुवासभाका २३ वर्षीय युवा अनिस खालिङ्ग राईलाई युएईको दुवईस्थित माथिल्लो अदालतले तल्लो अदालतको मृत्युदण्डको फैसलालाई सदर गरेपछि उनका परिवारजन पीडाले छटपटिएका छन्।
 
दुवईको आबुधावीमा घरेलु कामदारका रूपमा काम गरिरहेका राईलाई पाकिस्तानी नागरिक बङ्गाल खानको हत्या गरेको आरोपमा यसअघि त्यहाँको तल्लो अदालतले मृत्युदण्डको फैसला गरेका थिए ।
जिल्लाको मत्स्यपोखरी गाविस–३ निवासी राईको मृत्युदण्ड हुने भएपछि उनको आयबाट आश्रित ७५ वर्षीय बुबा भीमप्रसाद, ५७ वर्षीया आमा डिकमाया, श्रीमती रविता र नाबालक छोरी रितु न्यायको खोजीमा काठमाडौँ आएका हुन् ।
नारदकुमार राईले युवक राईको जीवनरक्षाका लागि सञ्चारमाध्यम, राज्य तथा मानवअधिकारकर्मीले पहल गरिदिन आग्रह गरे । सभासद् तारामान गुरुङले राईको जीवनरक्षाका लागि आफूले आफ्नो पार्टीमा आवाज उठाउने वचन दिँदै उसलाई सकुशल नेपाल फर्काउन सबै लाग्नुपर्ने बताए ।
अर्का सभासद् दीपक खड्काले निर्दोष राईलाई त्यहाँको अदालतले फसाएको दाबी गर्दै नेपाल सरकार गम्भीर भएर लाग्नुपर्ने र परराष्ट्र मन्त्रालयमार्फत पहल गर्नुपर्ने बताए । -रासस 

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग