Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

स्वास्थ्यमा ‘सेटिङ’ मिलाएर यसरी हुन्छ भ्रष्ट्राचार

Published on 6:29:00 PM //

प्रेम सुनार
गुल्मी, ११ माघ । गत पुस २३ गते जिल्ला जनसंख्या समितिको बैठक बस्यो । जहाँ सहायक प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, कोष नियन्त्रक, स्वास्थ्य कार्यालय प्रमुख लगायतको उपस्थिति थियो । उक्त बैठक दुई घण्टामा सम्पन्न भयो । बैठकको अन्त्यमा १५ मिनेटको समय लिएर अर्को कार्यक्रम सम्पन्न भयो ‘जिल्ला जनसंख्या समन्वय समितिका पदाधिकारीहरुको अभिमुखिकरण’ । बैठक सक्ने बित्तिकै परिवार नियोजन सुपरिबेक्षक नबराज कंडेलले प्रस्ताब गरे ‘भोलिनै गर्नुपर्ने अर्को १५ मिनेटको कार्यक्रम छ,कार्यक्रम आजै सक्नेकी हजुरहरु भोलि आउने ?’ सहभागिहरुले दोहो¥याएर आउनु भन्दा उक्त कार्यक्रम त्यहि मौकामा सम्पन्न गरौँ भने र कार्यक्रम पनि सम्पन्न भयो । सहभागिहरुले २ दिनको भत्ता मात्रै बुझे, सबैले दुईवटा रजिष्टरमा हाजीरी पनि लगाए । कार्यक्रममा सहभागि सहाय प्रमुख जिल्ला अधिकारी बिष्णु घर्तिले पछिल्लो कार्यक्रम १५÷२० मिनेटमै सकिएको बताए । ‘पहिलो कार्यक्रम लामोनै भएको थियो’ घर्तिले भने ‘पछि दुईवटा प्रस्तुती देखाईएको थियो । तर त्यसमा हुने अनियमितताको बिषयमा हामीलाई थाहा हुने कुरा भएन् ।’
  तर त्यहाँ अदृश्य तरिकाले ‘सेटिङ’ मिलाएर भ्रष्ट्राचार भयो त्यो कसैले पत्तो पाउन सकेनन् । जनसंख्या कार्यक्रमको जिम्मा पाएका कंडेलले अभिमुखिकरण कार्यक्रम सोहि दिन गरेर उक्त कार्यक्रमको रकम कुम्ल्याउनको लागि यस्तो योजना बुनेका हुन् । ४० हजार रुपैँया बजेट रहेको दोस्रो कार्यक्रमबाट उपस्थित २३ जनालाई कूल ६ हजार ९ सय भत्ता प्रदान गरियो अरु बाकीँ रकम कंडेलले एक्लै कुम्ल्याए । ‘यहाँ उच्च पदस्थ कर्मचारिहरुकै बीच त यसरी भ्रष्ट्राचार हुन्छ अझ नजानिँदो तरिकाले कति हुन्छ तपाई आफै अनुमान लगाउनुस’ नागरिकको कार्यक्रम सम्बन्धि जिज्ञासामा कार्यालयका कर्मचारी भन्छन् ‘त्यसबाट बँचेको पैसा जनसंख्या कार्यक्रम प्रमुखले खाने हो । कार्यक्रम सफल भएको रिपोर्ट हाकीमलाई बुझाउँछन् ।’ ७ बर्ष देखि जिल्ला स्वास्थ्य कार्यालयमा कार्यरत उनले जनसंख्या कार्यक्रमको जिम्मा पाएका छन् । स्वास्थ्यमा ‘आईडिया’ लगाएर रकम कुम्ल्याउन कंडेल निकै माहिर मानिन्छन् ।
उनी र उनी माताहतका कर्मचारीले जिल्ला स्वास्थ्य कार्यालयमा ३ बर्ष अगाडि स्थापना गर्नुपर्ने जनसंख्या सूचना केन्द्र गत पुस २३ गते स्थापना गरेर पनि रकम कुम्ल्याएको खुलेको छ । आर्थिक वर्ष २०६८÷०६९ सालमा सूचना केन्द्रको लागि भनेर जिल्ला स्वास्थ्य कार्यालयमा आएको १ लाख ५० हजार बजेट बाट शत प्रतिशत प्रगती भएको विवरण जिल्ला स्वास्थ्य प्रोफाईलमा छ । तर सूचना केन्द्र भने पुस २३ स्थानिय विकास अधिकारी हरी ज्ञवालीले उद्घाटन गरे । तीनवर्ष अघि पठाएको बजेट बाट नियमति रुपमा सूचना केन्द्र स्थापना गरेको भनेर प्रतिवेदन बनाएको भएपनि केन्द्र भने हालैमात्र उद्घाटन गरीएपछि  कागजी प्रतिवेदन बनाएर सूचना केन्द्रको रकम दुरुपयोग गरेको खुलासा भएको छ । लगत्तै ०६९÷७० मा पनि १ लाख ५० हजार रकम सूचना केन्द्र अध्याबधिक गर्नकै लागि आएको छ । त्यसकोपनि शतप्रतिशत प्रगति भएको रिर्पोट बुझाईएको छ । स्वास्थ्यको प्रगति बिबरण हेर्दा उक्त कार्यक्रम २०६८÷६९ मै सम्पन्न हुनुपर्ने थियो । कार्यक्रम उद्घाटन गरेका स्थानीय विकास अधिकारी ज्ञवालीले आफूले सूचना केन्द्र चालू आर्थिक बर्षकै भएको सोँचेर उद्घाटन गरेको बताए । ‘कार्यक्रम यहि बर्षको होला भनेर उद्घाटन गरियो । ३ बर्ष पहिले त्यसको लागि पैसा आएको हो भन्ने थाहा पाईन ।’ ज्ञवालीले हाँस्दै भने ।
तीन वर्ष अघिको बजेटबाट हालैमात्र स्थापना गरीएको सूचना केन्द्रमा स्वास्थ्य सम्बन्धि जानकारीको लागि आवस्यक पर्ने धेरै सन्दर्भ सामग्री र सूचनामुलक सामग्री हुनुपर्ने भएपनि त्यो भेटिँदैन । कँडेलका अनुसार जनसंख्याको बारेमा जानकारी दिन टिभी, ल्यापटप, डिजीटल क्यामेरा सहित पत्रपत्रिका र ईमेल इन्टरनेटको व्यवस्था भएको भनिएपनि सूचना केन्द्रमा त्यस्तो सुबिधा छैन् । कंडेलले सूचना केन्द्र स्थापनाको लागि आएकै रकम पनि ढाँटेर बताएका छन् । उनले पहिलो बर्ष १ लाख, दोस्रो बर्ष ७५ हजार र चालू आर्थिक बर्षमा ६० हजार आएको बताए । तर प्राप्त कार्यालयको रिपोर्ट अनुसार सूचना केन्द्रको लागि पहिलो र दोश्रो वर्ष डेढ डेढ लाख र चालु आ.व.मा ६० हजार गरी तीन लाख ६० हजार रुपैयाँ बजेट छुट्टीएको छ । सबै रकमको फाँडबारी दिन नसकेपछि कँडेलले बजेटनै घटाएर जानकारी दिएका छन् । ‘तथ्याङक सहायकहरुले सूचना केन्द्रका लागि सामग्री किन्नु भएको हो यसमा कसरी खर्च भएको छ भन्ने मलाई थाहा छैन्’ कंडेलले भने ‘म प्रमुख भएपनि खरिद गर्न उहाँहरुलाई पठाएको हुँ के के समान खरीद भए भन्ने कुरा मलाई सबै जानकारी। छैन ।’
 स्वास्थ्य कार्यालयको स्टोर फाँटमा रहेको जानकारी अनुसार टिभी, डिभीडी, ल्यापटप, कम्यूटर, प्रिण्टर, स्क्यानर, डिजीटल क्यामेरा, टिभी ट्रली, लगायतका सामान १ ÷१ थान, स्टिल दराज २ थान, स्टिल ¥याक २ थान र कुर्सी, टेवुलहरु, बेन्चहरु खरीद गरीएको विवरण छ । आर्थिक बर्षमा ०६८÷०६९ मा १ लाख ६६ हजार र  ०६९÷०७० मा ३५ हजार गरी  २ लाख ०१ हजारका सामान खरीद गरीएको विवरण उल्लेख भएपनि उल्लेखित सबै सामान सूचना केन्द्रमा छैनन् । आर्थिक बर्ष ०६८÷६९मा खरिद गरिएको सामग्री कंडेलले भनेको मात्र हैन कूल बजेट भन्दा बढी हो भने अर्को आर्थिक बर्षमा खरिद गरेको भनिएको सामान धेरैले कम हो ।  एउटा कम्प्यूटर, एउटा टिभी, साधारण टेवुल २ वटा, ९ वटा कुर्चि, २ बेन्च, २ वटा स्टिल ¥याक र एउटा स्टिल दराज मात्रै केन्द्रमा रहेका छन् । उनीहरुको विल अनुसार नै त्यसको हिसाव जम्मा जम्मा डेढलाख भन्दा माथी पर्दैन ।
स्वास्थ्य कार्यालयमा फाँट प्रमुखहरुको जिम्मा हुने कार्यक्रमहरुको बिषयमा कार्यालय प्रमुखले निगरानी नगर्ने भएकाले पनि अनियमितता गर्नको लागि सजिलो भएको एक कर्मचारीले बताए । उनका अनुसार स्वास्थ्य कार्यालयमा फाँट अनुसारको जिम्मेवारी सम्हालेको ब्यक्तिले सम्पन्न गर्ने कार्यक्रम र आउने बजेटमा कार्यालय प्रमुखको चासोनै छैन् । कार्यालयमा स्थापना भएको सूचना केन्द्रकै बिषयमा पनि निमित्त कार्यालय प्रमुख शुरेश नेपालले आफूलाई केहि पनि जानकारी नभएको  बताए ।  चालू आर्थिक बर्षमापनि २ करोड ५७ लाख भन्दा बढीको कार्यक्रम कंडेलकै नेतृत्वमा सञ्चालन हुँदै छ । यसबाट पनि उनले केहि रकम कुम्ल्याउने त्यहाँका कर्मचारिहरु बताउँछन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग