Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुबईमा ३२ औं मगर दिवस मनाईयो

Published on 3:09:00 PM //

लालबहादुर ढेंगा, दुबई, युएई
दुबई । वैदेशिक रोजगारीको सिलसिलामा प्रवासको भूमिमा रहेता पनि आ–आफ्नो कला, संस्कृति र भेषभुसालाई जर्गेना गर्दै जातिय उत्थान गरेको पाईन्छ । गएको २१ फेब्रुवरी शुक्रबारका दिन दुबईको अस्टोरिया होटलमा नेपालबाट आएका चर्चित लोक दोहोरी गायक मधु सुदन मगर र गायिका अमृता लुंगेली मगरका साथ स्थानीय कलाकारहरुको विविध रंगारंग सांस्कृतिक प्रस्तुतिका साथ ३२ औं मगर दिवस विधिवट रुपमा मनाएका छन् ।

उक्त कार्यक्रमको प्रमुख अतिथिमा युएईका लागि महामहिम राजदूत धनन्जय झा रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता मगर संघ युएईका अध्यक्ष हस्तराज दर्लामी मगर रहनु भएको थियो । त्यसैगरी बिशेष अतिथिमा गायक मधु सुदन मगर, गायिका अमृता लुंगेली मगर, नेपाल आदिवासी जनजाति महासंघ युएईका कार्यवाहक अध्यक्ष पासाङ रिन्जी शेर्पा, संरक्षक गिरमान थापा र उपसंरक्षक तथा पत्रकार लालबहादुर ढेंगा रहनु भएको थियो । अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, व्यावसायी र पत्रकारहरु रहेका थिए । दुई चरणमा विभाजित गरिएको कार्यक्रमलाई पहिलो औपचारिक कार्यक्रम उपाध्यक्ष उपेन्द्र रानाले संचालन गरेको थियो भने दोस्रो तथा सांस्कृतिक कार्यक्रमलाई महासचिव धनेन्द्र मास्की रानाले संचालन गरेको हो । प्रमुख अतिथि, अध्यक्ष र अतिथिहरुद्धारा दिप प्रज्योलन गरी थालनी गरिएको कार्यक्रममा प्रथम सहिद राम लखन थापाको तस्विरलाई खादा ओढाई अविर चढाएका थिए ।
स्वागत गीतबाट थालनी भएको सांस्कृतिक कार्यक्रममा “जीवन चल्न खाचो छ, भोकमा भोजन तिर्खामा पानी..” भन्ने झ्याउरे गीतमा भुवन थापा, कृष्ण थापा, देवी राना र पुनम थापाको नृत्यले हललाई तताउन सुरु गरेको थियो । मगर संघको निमन्त्रणामा आएकी चर्चित लोक दोहोरी गायिका अमृता लुंगेली मगर मगरनी पहिरनमा सजिएर जब स्टेजमा कदम राखिन सिटीले हल गुन्जिन थाल्यो । मेरो लागि कोई सोल्टीहरु हुनुहुन्छ कि भन्दै नजर घुमाउन समेत भ्याएकी थिइन् । उनले चारवटा गीत गाएकी थिइन् । जसमा “कति राम्रो चट्ट”, “दिलको “ढोका”, मर्काई देउ कम्मर” र “आई पुग्यो नौलो गाउं” रहेको थियो ।
युएईमा महिला भएर नृत्य गर्ने चर्चित नृत्यकार दीपक गुरुङको “मेरो दिलमा एटम बम छोडेर गयो” भन्ने गीतमा नृत्य पनि सबैले मन पराए । त्यसैगरी मगरहरुको संस्कृति झल्काउने खालका सोरठी र करुवा नृत्यले मगरहरुको पहिचानलाई उजागर गरेको पाईन्थ्यो । नेपालमा ख्याति कमाएका लोक दोहोरी गायक मधु सुदन मगरले गाएको मगर भाषाको करुवा गीतमा सबै जना नाच्न बाध्ये भएका थिए । खासगरी सालै जो, चुटका र झ्याउरे गीतले दर्शकलाई धेरै मनोरञ्जन दिएका थिए ।
त्यसैगरी हुमबहादुर मगरको हांस्य नृत्य, “कैलाशबाट जोगी है झ¥यो” गीतमा दीपक गुरुङ र मेख थापाको युगल जोडी नृत्य र यो जुनीमा तिम्रो हुन सकिन गीतमा भुवन थापाको खतरनाक क्यान्डल नृत्य सबैले रुचाए । “हङकङमा नजाउ है” गीतमा सपना रास्कोटी मगरको नृत्य र “ओ ललिता” पप गीतमा धनबहादुर आलेको नृत्य पनि निकै सान्र्दभिक लाग्दथ्यो ।
कार्यक्रम संयोजक तथा वरिष्ठ उपाध्यक्ष भरत रानाको शुभकामना मन्तव्य लगत्तै विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तिहरुलाई प्रमुख अतिथि बिशेष अतिथि र अध्यक्षको हातबाट खादा र पंशसापत्र समेत दिइएको थियो । अध्यक्ष हस्तराज दर्लामी मगर र कार्यक्रम संयोजक तथा वरिष्ठ उपाध्यक्ष भरत राना मगरले कार्यक्रमलाई सफल पार्नमा सहयोग पु¥याउनेलाई बिशेष धन्यबाद दिएका छन् । मिडियाको तर्फबाट हेलो नेपाल र प्रवासी अनलाईनको प्रत्यक्ष प्रशारणका लागि शेखर चापागाईको महत्वपूर्ण भूमिका रहेको थियो भने डिजेको लागि जयराम लामाले समाल्नु भएको थियो ।

1 comment

  1. trong vùng núi này ma thú quá nhiều, trên đường đi Nhạc Thành nhìn thấy ma thú không dưới ngàn con.

    Nhạc Thành một đường đi về phía trước, ma thú ở dãy núi này tựa hồ là vô cùng vô tận vậy.

    Ba giờ sau, Nhạc Thành còn chưa đến dãy núi cuối cùng, mà ma thú trong thung lũng, đã có hàng ngàn con rồi, Nhạc Thành nhìn bộ dáng ma thú, tựa hồ là không đám ma thú quỷ dị mà ngày hôm qua gặp phải.

    Bốn giờ sau, Nhạc Thành sắc mặt có chút tái nhợt, đoạn đường phi hành tiêu hao của Nhạc Thành một nửa pháp lực, ở giữa không trung có cấm chế bí ẩn quỷ dị, phi hành bốn giờ không khác gì đã trải quá đại chiến bốn giờ vậy.
    dongtam
    mu moi ra hom nay
    tim phong tro
    http://nhatroso.com/
    nhạc sàn
    tổng đài tư vấn luật
    văn phòng luật hà nội
    tổng đài tư vấn luật
    thành lập công ty trọn gói
    http://we-cooking.com/
    chém gió
    trung tâm tiếng anh
    - Xem ra phải nghĩ biện pháp khác mới được.

    Nhạc Thành nói, lập tức dự định đi về phía trước, mà lúc này, Nhạc Thành sắc mặt trầm xuống, lập tức do dự mở ra một tia thần thức ra.

    Một lát sau, sắc mặt Nhạc Thành có chút ngưng trọng lên, sau đó thu hồi thần thức, hắn cảm thấy nơi này rất là bí ẩn.

    - Hảo linh khí nồng đậm, tại đây sao có thể có Huyền Linh u thảo, nơi này rốt cuộc là địa phương nào?

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग