Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेडियो कार्यक्रमबाट मुटु रोगीलाई २ लाख

Published on 6:33:00 AM //

गुल्मी, फाल्गुन १ । आर्थिक अभावमा मुटु रोग उपचार गर्न नसकेका हस्तीचौर १ का १८ वषर्ीय श्याम घर्तीको उपचारका लागि थप रकम जुटेको छ ।
स्थानीय सामुदायिक रेडियो स्काईको ओझेलका खबरमा घर्तीको वेदना प्रसारण गरेपछि विदेशमा बस्ने नेपालीले सहयोग गरेका हुन् । साताअघि रेडियो स्काईमार्फत संकलन भएको १ लाख ७९ हजार परिवारलाई हस्तान्तरण गरिएको थियो । पछिल्लो साता कामका लागि जापान पुगेका नेपालीबाट थप ५६ हजार ९ सय १० रुपैयाँ संकलन भएको हो । संकलित रकम रेडियो गुल्मीका स्टेसन म्यानेजर नवराज भुसालले उनको परिवारलाई हस्तान्तरण गरे । मुटुमा प्वाल परेका घर्ती काठमाडौंको गंगालाल हृदयरोग केन्द्रमा उपचार गराइरहेका छन् ।
रेडियो स्काईबाट हरेक सोमबार साँझ प्रसारण हुने ओझेलका कार्यक्रम यस क्षेत्रकै चर्चित कार्यक्रम हो । सञ्चालक प्रेम सुनारका अनुसार अहिलेसम्म विभिन्न रोगीका लागि कार्यक्रममार्फत ७ लाखभन्दा बढी रकम जुटिसकेको छ ।
रेडियोले अपांग, विपन्न, मुटु, क्यान्सरलगायत ठूला र दीर्घरोगीलाई सहयोग जुटाउन निकै ठूलो मद्दत पुगेको सुनारले बताए । उनका अनुसार अहिलेसम्म ओझेलका खबरमार्फत झन्डै ५० जनाले सहयोग पाएका छन् । -कान्तिपुर दैनिकबाट

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग