Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पाठकको कलमबाट: रेडियो कार्यक्रम 'ओझेलका खबर' ले पारेका सकारात्मक प्रभाव

Published on 6:52:00 AM //


-सालिक राम खत्री
नेपालको परिप्रेक्ष्यमा रेडियो सबभन्दा सुलभ र भरपर्दो सन्चार माध्यम बनेको छ। जनतालाई सुसूचित गर्ने, मनोरञ्जन प्रदान गर्ने र चेतना स्तर बढाउने काममा रेडियोहरूको महत्त्वपूर्ण भुमिका रहेको छ। रेडियोहरूको  महत्त्वको मूल्याङ्कन गर्दै हरेक बर्षको फेब्रुअरी १३ तारिकका दिन विश्व रेडियो दिवस मनाइदै आइएको छ र यस बर्ष यसै साता दिवस मनाईयो । विश्व रेडियो दिवसको अवसर पारेर रेडियो कार्यक्रमले समाजमा पारेको सकारात्मक प्रभावको चर्चा गर्न गएको छ ।
रेडियो कार्यक्रम 'ओझेलका खबर' पस्चिमान्चल क्षेत्रकै एक लोकप्रिय कार्यक्रम हो जुन सामुदायिक रेडियो स्काईले उत्पादन गर्दै आएको छ भने गुल्मीन्युज डट कम सहित एक दर्जन बढी मिडियाहरूमा प्रसारण हुने गर्छ।  सोही कार्यक्रम ले पारेको सकारात्मक प्रभावको बारेमा चर्चा गरौँ।
श्री भगवती प्राथमिक विद्यालय, बडागाउँ-८, गुल्मीमा अनियमितता हुने गरेको गुनासो आए पछि ओझेलका खबरका सन्चालक प्रेम ब. सुनार ज्यूले स्थलगत रिपोर्ट बनाएर ओझेलका खबरमा प्रसारण गरे पछि सो विद्यालयमा सुधार भएको देख्न सकिन्छ।  शिक्षक समयमा विद्यालयमा उपस्थित नहुने,  शिक्षक नियुक्ति गर्दा प्रधानाध्यापकले आफ्ना नातेदारलाई नियुक्त गर्ने, विद्यालयको आय-व्यय सार्वजनिक नगर्ने गरेको गुनासो आए पछि अभिभावकहरूको उपस्थिति मा छलफल गरिएको थियो।  सोही विषयमा जिल्ला शिक्षा कार्यालयको पनि ध्यानाकर्षण गराइएको थियो।  अहिले सो विद्यालयमा सुधारका काम भएको देख्न सकिन्छ। अहिले अङ्ग्रेजी माध्यमबाट पढाइ भइरहेको छ भने  शिक्षक पनि समयमा उपस्थित हुने गरेका छन । तीन कक्षा सम्म पढाइ हुने सो विद्यालयमा चार जना शिक्षक-शिक्षिकाले  अध्यापन गराइरहेका छन।
यस्ता रेडियो कार्यक्रमले पार्ने सकारात्मक प्रभावको यो प्रतिनिधि घटना मात्र हो। यस्ता कयौँ घटनाहरू देख्न र सुन्न पाइन्छ।
भारतमा गाडी दुर्घटनामा परेर खुट्टा गुमाएका अमृत बि क को कथा- ब्यथा यसै कार्यक्रम 'ओझेलका खबर' को जीवनको गोरेटो स्तम्भमा प्रसारण  भए पछि तम्घासको एक संस्थाले पढ्ने र कृत्रिम खुट्टा को व्यवस्था गर्ने भएको छ भने घरको चुहिने छाना फेर्न विदेशमा रहनुभएका नेपालीहरूले सहयोग गर्नु भएको छ।

बडागाउँ, गुल्मी
(सालीक राम खत्री सारीक रुपमा अशाक्त हुनुहुन्छ । खत्री शारीरिक अशक्तताका कारण आठ कक्षा पास गरेर पढाई छोडेँ र घरमै बस्नुहुन्छ । उहाँले शारीरिक परिश्रम पर्ने कुनै काम गर्न पनि सक्नुहुन्न । Neural tube defect का कारण उहाँको स्वास्थ्य दिनप्रतिदिन खराब हुदै गएको छ । उपचार महङ्गो पर्ने भने पछि उहाँ यसै घरमै बस्नुभएको छ । )

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग