Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गरिबी निवारणमा परोपकारी संस्थाको भूमीका विषयक अन्तरकृया कार्यक्रम सम्पन्न

Published on 12:50:00 AM //

८ फागुन, काठमाडौं । नेपालमा गरिबीको रेखामुनी बस्न बाध्य कुनै पनि जनताको अधिकार सुरक्षित हुन नसकेकोमा एक कार्यक्रमका वक्ताहरुले चिन्ता ब्यक्त गरेका छन् ।
चेन्ज नेपालले आज काठमाडौंमा आयोजना गरेको “गरिबी निवारणमा परोपकारी संस्थाको भूमीका” विषयक अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले नेपाल भरीनै गरीबहरुको अवस्था डरलाग्दो भएको चित्रण गरेका हुन । कार्यक्रममा गरिबी निवारणको पहलकदमी र केही आधारभूत कुराहरुको बारेमा छलफल गर्दै उनिहरुले गरीबको अधिकार संरक्षण गर्न सम्वन्धित सरोकारवालाहरुको सक्रिय भुमिकामा जोड दिए । मजदुरको रुपमा कार्यरत श्रमिकहरुको समेत गास, बास र कपासको सुनिसचितता नभएको, बाल-बालिका गरिबीका कारण विद्यालय जानबाट वञ्चीत भएको तथा संरक्षित हुन नपाएको कार्यक्रमका सहभागिहरुले बताएका हुन ।
सामुदायिक क्षेत्रको कुनाकाप्चामा गरीबहरुको पनि अधिकार सम्बन्धी सन्देश प्रवाह गरी उनीहरुको अधिकार हनन्, ज्यादतीका घटनाहरुलाई न्यूनिकरण गरी रोजगारी र उद्यमशिलता तिर सहयोग पुर्याउने उद्धेश्यले सो अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बिभिन्न इट्टा भट्टाका मज्दुर, पुनर्स्थापित सडकबालबालिका, गरिबीकोको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, बिध्यार्थी, समाज-सेवी तथा पत्रकारहरुको सहभागिता थियो ।
कार्यक्रम फ्रेन्डशिप सोसाइटी नेपालकी सबिता खत्रीको सञ्चालन, चेन्ज नेपालका अध्यक्ष शक्ती शेर्चनको अध्यक्षता तथा अन्तराष्ट्रिय परोपकारी संस्था सोलिडारिटी इन्टरनेशनलका प्रमुख राजेन्द्र गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै चेन्ज नेपालका अध्यक्ष शक्ती शेर्चनले सक्षम ब्यक्तीले आफ्नो समाजको कुनै एक जना मात्र गरीब बालबालिकाको शिक्षाको ग्यारेन्टी लिएमा कुनै पनि बालबालिका अशिक्षित हुनु नपर्ने र यस्ले भबिष्यमा गरीबी निवारणको निम्ती ठुलो टेवा पुर्याउने बताउनु भयो । गरीबीकै कारण कुनै पनि ब्यक्तीले आफ्नो जिवन गुमाउन नपरोस भन्दै सोलिडारिटी इन्टरनेशनलका प्रमुख राजेन्द्र गौतमले धनी र गरीब बिचको अन्तर झनै बढ्नुमा हामी सम्पूर्ण नेपालीको दोष रहेको बताउनु भयो । अन्तरकृया कार्यक्रममा फ्रेन्डशिप सोसाइटी नेपालका सहअध्यक्ष सरोज शर्मा, पुनर्स्थापित सडकबालबालिकाका प्रतीनिधी हेम खड्का, मज्दुर प्रतिनिधि जय नारायण चौधरी, गरीबी निवारण अभियानका निर्देशक दुर्गा जयसवाल, एसिएकी सपना न्यौपाने, महिला विकासकी आर्चना शर्मा लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो भने ११५ जनाभन्दा बढीको सहभागीता थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग