प्रेस युनियन गुल्मी शाखाको अध्यक्षमा श्रेष्ठ
Published on
12:54:00 AM //
पि.एम.मगर
गुल्मी, फागुन ८ गते । नेपाल प्रेस युनियन, जिल्ला शाखा गुल्मीको अध्यक्षमा पुनः हरिकुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । बिहीबार सदरमुकाम तमघासमा सम्पन्न भएको युनियनको सातौँ अधिबेशनले श्रेष्ठलाई फेरी अध्यक्षमा चयन गरेको हो ।
युनियनको उपाध्यक्षमा पि.एम. सर्तुङ्गी मगर, सचिव विशाल भट्टराई, सहसचिव लक्ष्मी पल्ली मगर, कोषाध्यक्ष तेजेन्द्रकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा कृष्ण कँडेल, गंगु कुवँर, रिया कुवँर, कौरब खत्री, बसन्त खत्री, सपना राना मगर, केशव भण्डारी, नेत्रप्रसाद पाण्डेय र लक्ष्मण बस्नेत चयन हुनुभएको छ । त्यस्तै केन्द्रीय प्रतिनिधिमा, जनार्दन घिमिरे, रेशम कुवँर, हेम त्यागी, छवि पाण्डेय र ताराप्रसाद भुसाल चयन हुनुभएको छ ।
अधिबेशनको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबं गुल्मी क्षेत्र नं. २ का सभाषद् चन्द्र भण्डारीले पत्रकारितालाई विकाससँग जोडेर लैजान सकियो भने समाज र समग्र मुलुकको परिवर्तनका लागि खासै गाह्रो नहुने बताउनुभयो । उहाँले पत्रकारिता समाजको ऐना भएकाले हरेक क्षेत्रलाई जस्ताको तस्तै बाहिर ल्याएर विकासलाई गति दिन तथा समृद्ध समाज निर्माणतर्फ लाग्नुपर्नेमा जोड दिनुभएकोे थियो । एक फरक प्रसंगमा सभाषद् भण्डारीले राजनीतिलाई विकाससँग जोडेर लैजान सके विकसित समाजको परिकल्पना धेरै टाढा नरहेको बताउनुभयो । त्यस्तै विशेष अतिथि युनियनका केन्द्रीय सदस्य जनार्दन घिमिरेले पत्रकारीता पेशालाई मर्यादीत र अनुशासित वनाउँनु पर्ने वताउनु भयो । साथै उहाँले मुलुकको परिवर्तनका लागि नेपाल प्रेस युनियनले खेलेको भूमिकाका विषयमा समेत प्रकास पार्नु भएको थियो । प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले समाचार संप्रेशण गर्दा तथ्यगत कुराहरुलाई विशेष ध्यान दिन पत्रकारहरुलाई आग्रह गर्नुभयो ।
उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिव विष्णु बलाल, नेकपा एमालेका जिल्ला कमिटी उपाध्यक्ष मधुकृष्ण पन्थ, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष जीवन राना मगर, नेकपा माओवादीका जिल्ला इन्चार्ज विरबहादुर कार्की, स्थानीय विकास अधिकारी हरिप्रसाद ज्ञवाली, गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष अखिलेश्वरप्रसाद पाण्डेय, नेपाल प्रेस युनियन गुल्मीका संस्थापक अध्यक्ष एबं नेपाल विद्यार्थी संघका पुर्ब केन्द्रीय उपाध्यक्ष महेन्द्र भण्डारी, नेपाल पत्रकार महासंघका जिल्ला उपसभापति नवराज भुसाल, प्रेस चौतारी नेपाका केन्द्रीय सदस्य गगनशिला खड्का, क्रान्तिकारी पत्रकार महासंघ, केन्द्रीय सम्मेलन आयोजक समिति सदस्य प्रेम सुनार लगायतले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा अन्य विभिन्न राजनीति दल, सरकारी तथा गैर सरकारी संघ संस्था, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधी, युुनियनका सल्लाहकार, पत्रकार लगायतको विशेष उपस्थिति रहेको थियो । अधिबेशनको बन्द सत्रमा युनियनका निवर्तमान सचिव पि.एम. सर्तुङ्गी मगरले प्रस्तुत गर्नुभएको सांगठनिक प्रतिबेदन र कोषाध्यक्ष तेजेन्द्र कुमार श्रेष्ठले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिबेदन सुझाव सहित सर्वसम्मतले पारित गरिएको थियो । युनियनले अव छिट्टै बैठक बसी आफ्ना भावी योजनाहरुलाई अगाडी बढाउने जनाएको छ । अधिबेशनको उद्घाटन सत्र अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षता, निवर्तमान उपाध्यक्ष छवि पाण्डेयको स्वागत मन्तव्य तथा सचिव पि.एम. सर्तुङ्गी मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

0 प्रतिकृयाहरु