Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

राष्ट्रपति कप रनिंग शिल्ड क्षेत्रिय प्रतियोगिता शान्तिपुरमा हुने

Published on 12:23:00 PM //

तेजेन्द्र थापा
शान्तिपुर, माघ २८ । यस बर्षको क्षेत्रीय राष्ट्रपति कप रनिंग शिल्ड गुल्मी क्षेत्र न.१ को गुल्मीको शान्तिपुरमा यहि आउँदो फाल्गुन १० र ११ गते हुने भएको छ । सो प्रतियोगिता सम्पन्न गर्नका लागि ११ सदस्यिय प्रतियोगिता ब्यबस्थापन समिति गठन गरिएको छ । सो समितिको संयोजकमा जिल्ला खेलकुद बिकास समितिका सदस्य नबराज खरेल, सदस्य सचिवमा उदय उच्च माविका प्राचार्य कोमलनाथ न्यौपाने र सदस्यहरुमा झबिन्द्र बिक, कृष्ण कुमार गैरे, बनारसी गुप्ता, द्रोण खत्री, प्रेम बहादुर खत्री, मिना कुमारी राना, कमला शर्मा, तेजेन्द्र थापा र चिरन्जिबी तिवारी रहनु भएको छ ।
जिल्ला खेलकुद समिति गुल्मीका अध्यक्ष गोबिन्द बहादुर बिक र कार्यालय प्रमुख दीपक थापाको उपस्थितिमा सो समिति गठन गरिएको थियो । सो अबसरमा शान्तिपुर वरपरका बिधालयहरुका प्रअ उदय उच्च माबि ब्यबस्थापन समितिका अध्यक्ष र स्थानीय क्लबका अध्यक्षहरुको समेत उपस्थिति रहेको थियो । प्रतियोगितामा आयोजना हुने खेलहरु:
एथ्लेटिक्स तर्फ दौड
१०० मि, २०० मि, ४०० मि, ८०० मि, १५०० मि, ५००० मि, ४x१०० मि रिले र ४x४००मि रिले छात्र र छात्रा

उफ्रने र फ्याक्ने तर्फ
हाईजम्प, लंगजम्प, त्रिपल जम्प, ज्याभलिंग थ्रो, ८०० ग्राम र सटफुट १२ पाउन्ड /(छात्र र छात्रा )

भलिबल
छात्र र छात्रा

मार्शल आर्ट तर्फ
सितारियो कराँते (छात्र) ४२ केजि, ४७ केजि, ५२ केजि र काता एकल (छात्रा) ४० केजि, ४५केजि, ५०केजि र काता एकल
तेकन्दो (छात्र) ४५ केजि, ४८ केजि, ५१ केजि र (छात्रा) ४२ केजि, ४४केजि र ४६ केजि 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग