Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

राष्ट्रपति कप रनिंग शिल्ड क्षेत्रिय प्रतियोगिता शान्तिपुरमा हुने

Published on: //
तेजेन्द्र थापा
शान्तिपुर, माघ २८ । यस बर्षको क्षेत्रीय राष्ट्रपति कप रनिंग शिल्ड गुल्मी क्षेत्र न.१ को गुल्मीको शान्तिपुरमा यहि आउँदो फाल्गुन १० र ११ गते हुने भएको छ । सो प्रतियोगिता सम्पन्न गर्नका लागि ११ सदस्यिय प्रतियोगिता ब्यबस्थापन समिति गठन गरिएको छ । सो समितिको संयोजकमा जिल्ला खेलकुद बिकास समितिका सदस्य नबराज खरेल, सदस्य सचिवमा उदय उच्च माविका प्राचार्य कोमलनाथ न्यौपाने र सदस्यहरुमा झबिन्द्र बिक, कृष्ण कुमार गैरे, बनारसी गुप्ता, द्रोण खत्री, प्रेम बहादुर खत्री, मिना कुमारी राना, कमला शर्मा, तेजेन्द्र थापा र चिरन्जिबी तिवारी रहनु भएको छ ।
जिल्ला खेलकुद समिति गुल्मीका अध्यक्ष गोबिन्द बहादुर बिक र कार्यालय प्रमुख दीपक थापाको उपस्थितिमा सो समिति गठन गरिएको थियो । सो अबसरमा शान्तिपुर वरपरका बिधालयहरुका प्रअ उदय उच्च माबि ब्यबस्थापन समितिका अध्यक्ष र स्थानीय क्लबका अध्यक्षहरुको समेत उपस्थिति रहेको थियो । प्रतियोगितामा आयोजना हुने खेलहरु:
एथ्लेटिक्स तर्फ दौड
१०० मि, २०० मि, ४०० मि, ८०० मि, १५०० मि, ५००० मि, ४x१०० मि रिले र ४x४००मि रिले छात्र र छात्रा

उफ्रने र फ्याक्ने तर्फ
हाईजम्प, लंगजम्प, त्रिपल जम्प, ज्याभलिंग थ्रो, ८०० ग्राम र सटफुट १२ पाउन्ड /(छात्र र छात्रा )

भलिबल
छात्र र छात्रा

मार्शल आर्ट तर्फ
सितारियो कराँते (छात्र) ४२ केजि, ४७ केजि, ५२ केजि र काता एकल (छात्रा) ४० केजि, ४५केजि, ५०केजि र काता एकल
तेकन्दो (छात्र) ४५ केजि, ४८ केजि, ५१ केजि र (छात्रा) ४२ केजि, ४४केजि र ४६ केजि 

नेपाल रेडक्रसको स्थापनाको स्वर्ण महोत्सब मनाईयो (फोटो र भिडियो)

तेजेन्द्र थापा
नेपाल रेडक्रस सोसाइटीको स्थापनाको  ५०औँ बर्ष पुगेको अबसरमा गुल्मीको शान्तिपुर, तम्घास, रिडी, मजुवा सहित जिल्लाका बिभिन्न बिद्यालयहरुमा विभिन्न कार्यक्रम गरि स्थापनाको स्वर्ण महोत्सव समारोह मनाइयो ।
नेपाल रेडक्रस उपशाखा शान्तिपुर, युवा रेडक्रस सर्कल चन्द्रकोट क्याम्पस, नेपाल जुनियर-युवा रेडक्रस सर्कल उदय उच्च मा.बि., नेपाल जुनियर रेडक्रस सर्कल चक्रेश्वर बोडिंग स्कूल र नेपाल जुनियर  रेडक्रस सर्कल भानु इङ्गलिस बोडिंग स्कूलको संयुक्त आयोजनामा विभिन्न कार्यक्रम सम्पन्न गरिएको छ । बजार परिक्रमा पछि  आयोजित कोण सभा उपशाखा शान्तिपुरकी उपाध्यक्ष तथा जिल्ला शाखा सदस्य गीता थापाको सभापतित्वमा मा सम्पन्न भयो ।
यसै अवसरमा गुल्मीन्युज सहयोगीहरु तेजेन्द्र थापा (शान्तिपुर), तारा भुषाल (तम्घास) ले खिच्नुभएका केही तस्बिरहरु र घनश्याम पाण्डे (मजुवा) ले खिच्नुभएको भिडियो हेरौँ:











शान्तिपुरमा सामुहिक दर खाईयो (फोटो फिचर )

तेजेन्द्र थापा
खास गरि शहर-बजारमा गरिने सामुहिक दर खाने कार्यक्रम अहिले आएर ग्रामिण भेगमा पनि गर्न थालिएको छ । यसपटक शान्तिपुरबासी महिलाहरुले पनि सामुहिक दरखाने कार्यक्रम गरेका छन् । शान्तिपुर -१ र हर्राचौर -९ का महिलाहरुको संयुक्त आयोजना तथा कालिका युवा क्लबको ब्यबस्थापनमा कालिका युवा क्लब कालिकानगरको खेल मैदानमा सामुहिक दरखाने कार्यक्रम सम्पन्न भएको छ ।
आपसी मेलमिलाप, जातिय सदभाव, कला सँस्कृतिको संरक्षण कायम हुने गरि यसरी गरिने यस्ता कार्यक्रम राम्रा भएता पनि सबै पक्ष राम्रो मान्न भने सकिदैन ।  कला सँस्कृतिको संरक्षणका नाममा  केहि बिकृति समेत भित्रिएका छन् । छाडा शब्दहरु गीतमा प्रयोग हुँदै आइहरेका छन् भने हाम्रा मौलिक गीतहरु लोप हुँदै छन् ।
तीज बढी भड्किलो पनि हुँदैगैरहेको छ । बढी तडक-भडक देखिँदै छ । लुगा-गहना प्रदर्शन गर्ने पर्वको रुपमा बिकसित हुँदै गईरहेको छ तीज यतिबेला । बढी तडक भडक गरेर बढी फजुल खर्च गर्नु भन्दा केहि रचनात्मक काम पनि गर्ने कि महिला दिदीबहिनीहरु ?






गुल्मीका थापा राष्ट्रिय नागरिक सेवा सम्मान २०७० बाट सम्मानित

Published on: // ,
तेजेन्द्र थापा
जागृति समाज नेपालले राजधानीमा एक कार्यक्रम गरि विभिन्न पेशा तथा ब्यबसाय गर्दै आउनु भएका र विभिन्न संघ-सस्थामा आबद्ध भई स्वदेश तथा बिदेशमा रही देश निर्माणमा महत्वपुर्ण योगदान पुर्याउनु हुने विभिन्न व्यक्तिलाई "राष्ट्रिय नागरिक सेवा सम्मान २०७०" बाट सम्मान गरेको छ ।
सो सम्मानबाट गुल्मीको हर्राचौर-२ झारखर्कमा जन्मनु भई हाल अमेरिकामा ब्यबसाय गर्दै आउनु भएका श्रीराम थापा सम्मानित हुनुभएको हो । हाल थापा अमेरिकामा रहनु भएकोले सो सम्मान उँहाकी धर्मपत्नी कुमारी थापाले ग्रहण गर्नुभयो थियो । सम्मानित थापाले बिदेशमा भएर  पनि विभिन्न संघ सँस्थामा रही देश निर्माणमा महत्वपुर्ण योगदान गर्नु भएकोले सो सम्मानबाट सम्मानित गरिएको समाजले जनाएको छ ।

गाउँघर बाटै नागरिकता (फोटो फिचर)

तेजेन्द्र थापा
शान्तिपुर, जेठ २२ । शान्तिपुर र बिशुखर्कमा नारिकता वितरण र फोटो सहितको मतदाता नामावली संकलन कार्य सम्पन्न भएको छ । गुल्मीको क्षेत्र नं. १ अन्तर्गतका शान्तिपुर, हरेवा, ग्वाघा, हर्राचौर, बिशुखर्क र दिब्रुंग गाबिसका सेवाग्राहीलाई ध्यानमा राखी बिशुखर्कको वलिबांगमा जेष्ठ १७ देखि १९ सम्म र शान्तिपुरमा २० देखि २२ गते सम्म संचालन गरिएको हो । सो घुम्ती शिविरबाट आफुलाई धेरै राहत मिलेको हर्राचौर-४ कि एक दलित महिलाले बिशुखर्कको वालिबांगमा नागरिकता प्राप्त गरे पछि बताईन ।

"आर्थिक अभावका कारण सदरमुकाम गई नागरिकता बनाउन सकेकी थिईन अहिले ५८ बर्षको उमेरमा बल्ल नागरिकता पाउँदा सार्है खुशी लागेको छ", उनले भनिन्, "अब भोट हाल्न समेत पाईने भयो ।" त्यस्तै खुसि ब्यक्त गरिन शान्तिपुरमा नागरिकता प्राप्त गरे पछि हरेवा-४ कि ६५ बर्षीय श्यामकाली नेपालीले पनि । उता ६८ बर्षको उमेरमा नागरिकता पाईसकेपछी अब २ बर्ष पछिबाट भने बृद्द भत्ता पनि खान पाइने आशामा हर्ष ब्याक्त गर्दै थिए हर्राचौर गाबिस झारखर्कका एक दलित बृद्ध ।
बिशुखर्क-९ का मन बहादुर सुनारले ७७ बर्षको उमेरमा नेपाली नागरिकता पाँउदा बल्ल आफु नेपाली भएको अनुभव भएको तितो अनुभव सुनाए । नागरिकता पाए पछि उनि निकै खुशी देखिन्थे । त्यस्तै हरेवा -७ कि मसुरी कामीले पनि शान्तिपुरमा सन्चालित घुम्ती शिबिरबाटै ७२ बर्षको उमेरमा नागरिकता प्राप्त गरेकी छन् । टोलि नं. ३ अन्तर्गत सहायक प्रमुख जिल्ला अधिकारि गौरव पन्थीको नेतृत्वमा आएको उक्त टोलीले वलिबांग र शान्तिपुरमा गरि जम्मा ४३५ नागरिकता वितरण गर्नुका साथै ५९० फोटो सहितको मतदाता नामावली संकलन गरेको थियो । घुम्ती सेवामा सबै भन्दा बढी दलित र आर्थिक अवस्था अ त्यन्तै कमजोर भएका जनताले राहत महसुस गरेको घुम्ती टोलिका एक सदस्यले गुल्मीन्युजलाई बताए ।

आउनुस् शिबिरबाट गुल्मीन्युज सहयोगी तेजेन्द्र थापाले खिचेर पठाउनुभएका केही तस्बिरहरु हेरौँ:








१५ बुँदे शान्तिपुर घोषणापत्रसँगै सकियो सिवासी नेपालको सम्मेलन (फोटोहरु सहित)

Published on: // ,

तेजेन्द्र थापा
शान्तिपुर, बैशाख ३ । चारतारे युवा क्लब (सिवासी) नेपालको शाखा स्तरिय केन्द्र प्रमुख, उपप्रमुखहरुको गोष्ठी तथा लघुवित्त सम्मेलन शान्तिपुर गुल्मीमा १५ बुँदे शान्तिपुर घोषणा पत्र जारि गर्दै  सम्पन्न भएको छ । "श्रम गरौ, उद्यमी बनौ" भन्ने मूल नाराका साथ सम्पन्न उक्त सम्मेलन पूर्व सयौँको संख्यामा उपस्थित महिलाहरुले "बैदेशिक रोजगार चाहिँदैन, युवा बेच्न पाइदैन", "कसैको भर नपरौ, बचत गरौँ", "सामाजिक एकता आजको आवश्यकता", "महिला हिंसा अन्त्य गरौ, छोरा छोरी बराबरी" जस्ता नारा लेखिएका प्यलेकार्ड बोकेर नारा लगाउँदै शान्तिपुर बजार परिक्रमा गरेका थिए । सो र्‍यालीपछि शुरु भएको खुल्ला शत्रको अध्यक्षता शान्तिपुर शाखा निर्देशक शुभ शाहीले गर्नुभएको थियो भने प्रमुख अतिथिमा सोहि सस्थाका संरक्षक तथा बरिष्ठ अधिबक्ता पद्मनाथ शर्मा,अन्य अतिथिमा सँस्थाका अध्यक्ष चण्डी प्रसाद शर्मा, सल्लाहकार इन्द्रराज पौडेल रहनु भएको थियो ।

सँस्थाकी सह-सचिब गण्डकी थापा (अधिकारि)ले संचालन गर्नुभएको कार्यक्रममा शाखाको बार्षिक प्रतिबेदन शाखा प्रमुख सुनिता पुनले प्रस्तुत गर्नु भएको थियो । महिला लक्षित कार्यक्रमहरु त बित्तिय कारोबार गर्दै आएको सँस्था अहिले बिसौँ बर्ष  पार गरेको छ र सँस्थाले बित्तिय कारोबार शुरु गरेको पनि १२ बर्ष पुगेको छ । बाग्लुङ्ग जिल्लाबाट शुरु गरिएको सो सँस्थाको कार्य क्षेत्र हाल बाग्लुङ्ग सहित गुल्मी, लम्जुङ्ग, पाल्पा, तनँहु र अर्घाखाँची गरी पश्चिम नेपालका ६ जिल्लामा बिस्तार गरेको छ ।

सँस्थामा आबद्द महिलाको संख्या करीब २५००० पुगेको छ भने कर्मचारी ८५ जना रहेका छन् । केहि नहुने महिलाहरुलाई पनि बिना धितो कर्जा दिएको सो सँस्थाले निम्न आयस्रोत भएका महिलालाई उद्यमी बनाउने उद्देश्यका साथ महिला सशक्तिकरण, महिला स्वास्थ्य आदि बिषयमा पनि महिलालाई शिक्षा दिँदै आइ रहेको छ ।

शान्तिपुरमा नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न

Published on: //

तेजेन्द्र थापा
शान्तिपुर गुल्मीमा नेपाल रेडक्रस उपशाखा शान्तिपुर, श्री उदय शान्ति युवा क्लब शान्तिपुर र तिलोत्तमा हस्पिटल प्रा.ली. बुटवलको संयुक्त आयोजनामा संचालित नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । बैशाख १७ गते एक दिनको लागि सन्चालन गरिने भनिएको उक्त शिबिर बिरामीको अत्याधिक चापका कारण १८ गते बिहान समेत संचालन गरिएको थियो ।
शिबिरमा हाडजोर्नी, नशा , जनरल फिजिसियन, महिला तथा प्रसुति, बाल रोग आदिसंग सम्बन्धित ५ जना विशिषज्ञ डाक्टरहरुको टोलीले सम्बन्धित रोगका झन्डै ६०० बिरामीलाई नि:शुल्क स्वास्थ्य परिक्षण गर्नुका साथै औषधि वितरण समेत गरिएको थियो । शिविरमा न्युनतम शुल्कमा भिडिओ एक्सरे सेवा समेत प्रदान गरियो तर नियमित बिजुली नहुँदा धेरै जना बिरामी भिडिओ एक्सरे सेवाबाट बन्चित हुनु परेको आयोजकहरुले बताए । शान्तिपुर वरिपरिका गाबिस देखी भार्से सम्मबाट बिरामीहरु स्वास्थ्य परिक्षण गर्न आएको उक्त शिबिरमै नवनिर्मित हेल्थपोस्ट भवनको समेत उदघाटन समेत गरियो । सोहि भवनमा शिबिर संचालन गरिएको थियो ।

ध्वादी महोत्सव सम्पन्न (फोटो फिचर)

Published on: // ,
तेजेन्द्र थापा
शान्तिपुर, २ बैशाख । बिशुखर्क गाबिसको ध्वादिमा प्रथम ध्वादी महोत्सव २०२६९ सम्पन्न भएको छ । चैत्र २७ देखि ३१ सम्म चलेको सो महोत्सवमा खेलकुद र मनोरन्जनात्मक सांगीतिक कार्यक्रम गरि मनाइयो । भेकिया भलिबल प्रतियोगिता, खुल्ला लोक नृत्य प्रतियोगिता, ख्याती प्राप्त राष्ट्रिय कलाकारबाट सांगीतिक प्रस्तुति, स्थानीय कलाकारहरुको नृत्यका साथमा साँस्कृतिक झाँकीहरु समेत प्रस्तुत गरिएको थियो ।
राष्ट्रिय कलाकारहरुमा रामजी खाँड, पूर्णकला बिसी, भागिरथ चलाउने, कमल जिसी, हरि सुनुवार र गुल्मीका गौरव नेपाल आइडल टप १० मा पर्न सफल तिलक बस्नेतले ध्वादिलाई संगीतमय  बनाएका थिए । भेकिय भलिबलमा प्रथम भई हिमचुली युवा क्लब बाच्छिखर्क बाग्लुङ्गले यस क्षेत्रकै बढी धनरासी रु.४०,००० हात पार्न सफल भयो भने शान्तिपुरले दोश्रो भई रु.२०,००० प्राप्त गर्यो त्यसैगरी हरेवा चिसापानीले तेश्रो स्थान सहित रु.१०,००० हात पार्यो ।
कार्यक्रमस्थलबाट गुल्मी न्युज सहयोगी तेजेन्द्र थापाले खिच्नुभएका केही तस्बिरहरु:








भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग