Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

"पत्रकारितालाई स्वतन्त्र बनाउ": भण्डारी

Published on 12:47:00 AM //


शिबलाल सुबेदी
गुल्मी, ८ फागुन । गुल्मी क्षेत्र नम्बर २ का सबिधान सभा सदस्य चन्द्र भण्डारीले पत्रकारिता क्षेत्रलाई स्वतन्त्र बनाएर जानुपर्ने बताउनु भएको छ । नेपाल प्रेस युनियन जिल्ला शाखा गुल्मीको सातौ जिल्ला अबिधेशनको उद्घाटन गर्दै नेपाली काग्रेसका केन्द्रिय सदस्य समेत रहनु भएका नेता भण्डारीले पत्रकारिता पेसा भनेको आम जनताहरुलाई सुचना प्रदान गर्ने पेसा भएकाले पनि यस पेसालाई कुनै राजनितीक आस्थासगँ जोड्न नहुने बताउनुभयो ।
साथै उहाँले राजनिती ,पत्रकारीता लगायतका बिभिन्न क्षेत्रलाई विकाससगँ जोडेर अगाडि बढ्नु पर्नेमा भण्डारीले जोड दिनुभएको छ । समाचार लेख्दा पत्रकारहरुले जिम्मेवारपूर्ण तरिकाले सत्य तथ्यमा आधारित भएर समाज परिर्वतनका लागि कलम चलाउन समेत कार्यक्रमका प्रमुख अथिती चन्द्र भण्डारीले आग्रह गर्नुभएको छ । पत्रकार तपाईहरुले लेखेको समाचारले समाचार बाहिर आएपछि समाजमा कति प्रभाव पार्छ भन्ने कुराको बिचार गरेर मात्र समाचार लेख्न आग्रह गदै नेता भण्डारीले भन्नुभयो“समाज परिर्वतन गर्नका लागि पत्रकारहरु कुनै पनि राजनितीक आस्थाका लागेर होइृन निष्पक्ष ढगंले कलम चलाउनुहोस अनि मात्र बल्ल पत्रकारिता पेसा मर्यादित र स्वतन्त्र बन्ने छ ।” त्यस्तै कार्यक्रममा सहभागीहरुले पत्रकारिता पेसालाई मर्यादित र स्वतन्त्र बनाउनुपर्नेमा जोड दिएका छन । कार्यक्रमको खुल्ला शत्रमा सहभागीहरुले राष्ट्रको चौथ्रो अगंका रुपमा रहेको पत्रकारीता पेसालाई मर्यादित र स्वतन्त्र बनाएर आफ्नो पेसाको गरिमामय बढाउन पत्रकारहरुलाई आग्रह समेत गरेका छन । कार्यक्रमा प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले सत्य तथ्य समाचार लेख्दा पत्रकारहरु असुरक्षित भएमा प्रशासन सुरक्षा दिन तयार रहेको बताउनुभयो । तपाईहरु कुनै आस्थाको नजिक रहेर होईन सत्य तथ्य समाचार लेख्नुहोस समाचार लेखेकै भरमा असुरक्षित भएमा सुरक्षाको ब्यवस्था मिलाउने जिम्मेवारी मेरो छ प्रमुख जिल्ला अधिकारी ढकालले भन्नुभयो ।
कार्यक्रममा प्रेस युनियनका केन्द्रिय प्रतिनिधी जनार्दन घिमिरे, नेपाली काग्रेस गुल्मीका सचिव बिष्णु बलाल, नेकपा एमाले जिल्ला कमिटी गुल्मीका उपाध्यक्ष मधुकुष्ण पन्त,राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष जिवन राना, नेकपा माओवादीका जिल्ला इन्र्चाज बिर बहादुर कार्की,प्रेस युनियन गुल्मी जिल्लका सस्थापक अध्यक्ष महेन्द्र भण्डारी, नेपाल पत्रकार महासघं गुल्मी शाखाका उपाध्यक्ष नवराज भुसाल,प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य गगनशिला खड्का, क्रान्तिकारी पत्रकार सघंका केन्द्रिय सम्मेलन सदस्य प्रेम सुनार,स्थानीय विकास अधिकारी हरि प्रसाद ज्ञवाली, उद्योग बाणिञ्य सघंका अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डे लगायतले शुभकामना मतब्य राख्नुभएको थियो । कार्यक्रम जिल्ला अध्यक्ष हरि कुमार श्रेष्ठको अध्यक्षता,उपाध्यक्ष छविलाल पाण्डेको स्वागत र सचिव पिएम मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग