Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तम्घासमा राष्ट्रव्यापी खुल्ला भलिबल प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम शुरु

Published on 1:01:00 AM //

प्रेम सुनार
गुल्मी, ८ फागुन । अनटेष्ट युवा क्लव तम्घास गुल्मीले आफ्नो चौथौ वार्षिक उत्सवका अवसरमा आज देखि सदरमुकाम तम्घासमा खुल्ला राष्ट्र ब्यापी पुरुष भलिवल तथा विविध सांष्कृतिक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमको आज गुल्मी क्षेत्र नम्वर २ का सभाषद चन्द्र भण्डमरीदले उद्घाटन गरेका हु । उद्घाटन गर्दै सभाषद भण्डारीले गुल्मीले खेलाडीहरुले आफ्नो स्वाभिमान र खेलको माध्यमद्धारा राष्ट्रिय स्तरमा पहिचान दिनु पर्ने धारणा राखेका थिए ।

तम्घासको चिदीचौरमा भएको खेल उद्घाटन समारोमा सभाषदद्धयः दिलशोभा पुन , सिर्जना तरामु र प्रमुख जिल्ला अधिकारी कमलराज ढकालको विशेष आतिथ्यता थियो । त्यस्तै नेपाली कांग्रेसका सचिव विष्णु बलाल, एमालेका उपाध्यक्ष मधुकृष्ण पन्त, एकिकृत नेकपा माओवादीका सचिवालय सदस्य बुद्धि जिसी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष जिवन राना, गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डे लगायत विभिन्न संघ संस्था र कार्यालय प्रमुखहरुको आतिथ्यता रहेको थियो । उद्घाटन सत्र पछि आजको खेल मैत्री पुर्ण भएको र विजेता टिमले रु तिन हजार नगद पुरष्कार , शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने क्लवका सचिव दिपक कुँवरले जानकारी दिए आजको मैत्री पुर्ण खेल गुरुखोरख गुल्मी धागीथुम ब्यारेक र गुल्मी युनाईटेड युवा क्लव तम्घासका विच भएको थियो ।

भोली देखि सुरु हुने खुल्ला राष्ट्र ब्यापी भलिवल प्रतियोगिताका लागि आज साँझ सम्म टिम दर्ता गरिने र करिव १६ वटा टिम दर्ता हुने अपेक्षा राखिएको क्लवका अध्यक्ष नविन श्रेष्ठले रेडियो जानकारी दिए ।फागुन ११ गते सम्पन्न हुने प्रतियोगितामा प्रथम पुरष्कार ७० हजार रहेको छ भने दृतिय, तृतियलाई रु ४० र २० हजार नगद पुरष्कार, शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिने छ । अनटेष्ट युवा कल्वका अध्यक्ष नविन श्रेष्ठको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा सह–कोषाध्यक्ष गोविन्द पाण्डेको स्वागत मन्तब्य र सचिव दिपक कुँवरको सञ्चालन रहेको थियो ।
(माथिका तस्बिरहरु जनार्दन घिमिरेले खिच्नुभएको हो ।)

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग