Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

फागुनमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता हुदैँ

Published on 12:35:00 PM //

शिबलाल सुबेदी
गुल्मी, २४ माघ । आगामी फागुनमा गुल्मीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता हुने भएको छ । जिल्ला विकास समिती गुल्मीको आयोजनामा प्रत्येक बर्ष हुदै आएको जिल्लाका माध्यमिक बिद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता यस बर्ष पनि हुन लागेको हो । फागुन १० र ११ गते जिल्लाको क्षेत्र नम्बर १ मा क्षेत्रिय स्तरको प्रतियोगीता हुने र १३ र १४ गते क्षेत्र नम्बर ३ मा क्षेत्रिय प्रतियोगीता हुने जिल्ला खेलकुद विकास समिती गुल्मीका उपाध्यक्ष कृष्ण भण्डारीले जानकारी दिनुभएको छ ।
 त्यस्तै फागुन १६ र १७ गते क्षेत्र नम्बर २ मा क्षेत्रिय प्रतियोगीता हुने कार्यलयले जनाएको छ  भने १८ र १९ गते जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता हुने भण्डारीले बताउनुभयो । प्रतियोगीतामा महिला पुरुष एथ्लेटिक्स, महिला पुरुष भलिवल प्रतियोगीता हुने बताइएको छ भने यस बर्षदेखि सितेरीयो कराँते  र तेक्वान्दो प्रतियोगीता पनि थप गरिएको जिल्ला खेलकुद विकास समिती गुल्मीले जानकारी दिएको छ । प्रतियोगीता प्रथम हुने बिद्यालयले रनिङ शिल्डसँगै १५ हजार नगद पाउनेछ । अघिल्लो बर्ष राष्ट्रपति रनिङ शिल्ड श्री त्रिभुवन माध्यमिक बिद्यालय कुर्घाले जितेको थियो ।


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग