Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाई काटेर खाएको अभियोगमा एक व्यक्ति प्रहरी नियन्त्रणमा

Published on 10:44:00 PM //

सागर भण्डारी
गुल्मी, माघ २३ । गाई काटेर खाएको भन्दै ईलाका प्रहरी चौकी खर्बाङ बागलुङले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । बागलुङको सिसाखानी गाउँ विकास समिति वडा नं ३ स्थायी घर भएका प्रेम बहादुर विश्वकर्माले गत माघ २० गते गाई काटेको भन्दै प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो ।
मजदुरीबाट सामान्य जीवन यापन गर्दै आएका उनले छिमेकी गाउँ विकास समिति रिघामा पुगेर गाई काटेको प्रहरीले जनाएको छ । प्रहरी चौकी खर्बाङले नियन्त्रणमा लिई निजलाई जिल्ला प्रहरी कार्यालय बागलुङमा आवश्यक कार्बाहीको लागि पठाईएको चौकीका प्रहरी सहायक निरिक्षक राम प्रसाद पौड्यालले जानकारी दिनुभएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग