Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पत्रकार महासंघ गुल्मीमा अक्षयकोष स्थापना

Published on 4:32:00 PM //

शिबलाल सुबेदी
गुल्मी, २६ माघ । नेपाल पत्रकार महासंघ गुल्मी शाखाको लागी प्रथम पटक सबैभन्दा धेरै रकमको अक्षकोष स्थापना भएको छ । मुसिकोट ५ देउराली निवासी समाजसेवि स्वर्गिय केशरजित घिमिरेका नाममा केशरजित क्रियाशिल पत्रकार कोषको स्थापना भएको हो । कोषको लागी घिमिरेको परिवारले नगद ५० हजार रुपैयाँ पत्रकार महासंघ गुल्मी शाखालाई हस्तान्तरण गरेको छ ।
श्रद्धाञ्जली दिनका लागी महासंघका कार्यबाहक अध्यक्ष नवराज भुसाल सहितको टोली मुसीकोट घिमिरेको घरमा पुगेको थियो । सोहि अवसरमा केशरजितका जेठा छोरा मदनदिप घिमिरेले महासंघका कार्यबाहक अध्यक्ष नवराज भुसाललाई रकम प्रदान गर्नु भएको सहकर्मी कृष्ण भट्राईले जानकारी दिनु भयो । पत्रकारिता पेशामा आवद्ध भई स्वच्छ, निश्पक्ष खोजमुलक पत्रकारित गर्ने १ जना पत्रकारलाई हौसाला प्रदान बर्षको ५ हजार प्रदान गर्ने परिवारले जनाएको छ । साथै कोषको रकममा बृद्धि गर्दै लैजाने पनि परिवारले जनाएको छ । सामाजिक सेवामा सहयोग गर्ने अभियानका क्रममा बाबुको देहान्त भएपनि आफुहरुले निरन्तरता दिने छोरा मदनदिप घिमिरेले बताउनु भयो ।
अक्षकोषका अतिरित्त घिमिरे परिवारले नेपाल राष्ट्रिय त्रिभुववन मावि मुसीकोटको नयाँ कार्यलय भवन निर्माण गर्ने, पृथ्वी माध्यामिक विद्यालय बडागाउँ गुल्मीमा गरिव तथा जेहेन्दार छात्रबृतिकोष निमाण गर्ने,  आँखा उपचार केन्द्र वामी शाखालाई सहयोग स्वरुप ५ हजार प्रदान गर्ने, तुफान परिकल्पना युवा क्लव मुसिकोटको निर्माणाधिन प्रतिक्षालयको लागी १० हजार र जगदम्वा मन्दिर मुसिकोटको जिर्णोद्धार कार्यमा आवश्यक आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । रकम हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ गुल्मीका पुर्व सभापति जनार्दन घिमिरेले पत्रकार महासंघको लागी अक्षकोष निमार्णकार्यमा पहिलो पटक यति धेरै ठुलो रकम प्रदान भएको बताउनु भएको थियो । उक्त अक्षयकोष हस्तान्तरण तथा श्रद्धाञ्जली कार्यक्रम पत्रकार महासघं गुल्मी शाखाका कार्यवाहक अध्यक्ष नवराज भुसालको अध्यक्षता तथा पत्रकार शिबलाल सुबेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग