Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेसुङ्गामा रक्तदान कार्यक्रम सम्पन्न

Published on 4:28:00 PM //

शिबलाल सुबेदी
गुल्मी, २६ माघ । रेसुङ्गा बहुमखी क्याम्पसमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । स्वतन्त्र बिद्यार्थी युनियनको आयोजनामा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
रक्तदान कार्यक्रममा १५ जनाले रक्तदान गरेका छन । जिल्लाको सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा हस्पिटल प्रा.लिमा सोमबारदेखि पाठेघर खसेका महिलाहरुका लागि सञ्चालन हुन लागेको निःशुल्क स्वास्थय शिविरका लागि रगतको आवश्यकता हुने भएकाले उक्त रक्तदान कार्यक्रम आयोजना गरिएको रेसुङ्गा बहुमुखी क्याम्पस स्वतन्त्र बिद्यार्थी युनियनका सभापति ज्ञान बहादुर महतराले जानकारी दिनुभएको छ । 
रेसुङ्गा हस्पिटल प्रालिको प्राबिधिक सहयोगमा भएको उक्त रक्तदानमा क्याम्पसमा अध्ययरत बिद्यार्थी लगायत सर्वसाधारणहरुले समेत रक्तदान गरेका थिए । रक्तदानको शुरु स्त्रतन्त्र बिद्यार्थी युनियनका सभापति ज्ञान बहादुर महतराले नै गर्नुभएको थियो । गुल्मीमा ब्लड बैकं नहुदाँ आवश्यकता अनुसार रक्तदान गर्नुपर्ने अवस्था रहेको छ ।

रक्तदान गदै पत्रकार तथा प्रेस चौतारी नेपाल गुल्मीका सचिव शिबलाल सुबेदी र अनेरास्ववीयु जिल्ला सचिव राजेन्द्र बिक्रम कुवँर ।  

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग