Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एसएलसीलाई सिक्स टु सिक्स

Published on 10:33:00 PM //

बिशाल भट्टराई
आउँदो चैतमा हुने एसएलसी परीक्षामा आफ्नो बिद्यालयको उत्तिर्ण प्रतिशत बढाउनका लागि यहाँका केहि बिद्यालयले सिक्स टू सिक्स कार्यक्रम सञ्चालन गरेका छन् । अर्थात उनीहरु बिहान ६ बजे देखि साझ ६ बजे सम्म बिद्यार्थीहरुलाई ट्युसन तथा कोचिङ पढाउँछन् ।  बिहानै ६ बजे बिद्यालय पुग्ने बिद्यार्थीहरुले साँझ ६ बजे मात्रै छुट्टी पाउँछन् । कतिपय बिद्यालयले राती १० बजे सम्म पनि बिद्यार्थीहरुलाई ट्युसन पढाउँछन भने कतिपयले बिद्यार्थीहरुलाई एसएलसी सम्म बिद्यालयमै घरबासको ब्यवस्था मिलाएका छन् । बिद्यार्थीहरु विहानको खाजा, खाना र दिउँसोको खाजा बिद्यालयमै खान्छन, रातीको खाना घरमा गएर खान्छन् ।

यो जिल्लामा पहिलो पटक गरिएको प्रयास पनि हो ।  उदय उच्च माध्यमिक बिद्यालय शान्तिपुरमा माघ ८ गते देखि सिक्स टू सिक्स कार्यक्रम लागू भएको हो । बिद्यालयका प्रधानाध्यापक कोमलनाथ न्यौपानेले चैत १४ गते सम्म यो काम जारी रहने बताए । ‘स्कूलमा १२ घण्टा पढाई हुन्छ । साँझ घरकै खाना खाएर बिद्यार्थीहरु आफ्नै घरमा सुत्छन्’ उनले भने ‘साँझ घर जान नसक्ने ३५ जना बिद्यार्थीहरुलाई बिद्यालयको नजिकै कोठा हामीले नै खोज्दिएका छौँ ।’ उनले यो अबधिमा बिद्यार्थीबाट जनही ६ हजार रुपैँया बिद्यालयले ल्याउने बताए ।

 सदरमुमकामको सिद्धबाबा उच्च माविले त बिद्यार्थीहरुलाई बिद्यालयमै बस्ने गरि एसएलसी लक्षित कार्यक्रम सुरु गरेको छ । उक्त बिद्यालयले पनि अविभावकहरुसँगको छलफलबाट प्रति बिद्यार्थी ६ हजारका दरले पैसा ल्याउने गरि बिद्यालयमै खाने बस्ने र पढ्ने ब्यवस्था गरेको हो । ‘अघिल्लो बर्ष एसएलसीको रिजल्ट राम्रो आएन, खासमा यसलाई सुधार्नुपर्छ भनेर हाम्रै निगरानीमा बिद्यार्थी राख्नका लागि यस्तो गरेका हौँ’ बिद्यालयका प्राचार्य डोरबिक्रम श्रीस भन्छन् ‘बिद्यार्थीहरुले घरमा खासै नपढ्ने गरेको होम भिजिटको रिपोर्ट आयो त्यसले पनि हाम्रो ध्यान तानेको हो ।’

 श्रीसले आगामी बर्षहरुदेखि यो कार्यक्रम निरन्तर सञ्चालन गर्ने गरि आफूहरुले यो बर्ष प्रयोगात्मक शैलीले अगाडि बढेको बताए । बिद्यार्थीहरुले बिद्यालयल यस्तो कार्यक्रम सञ्चालन गरेपछि खुशी लागेको बताउँछन् । उनीहरुले बिद्यालयको सहयोगमा आफूहरुको एसएलसी परिक्षा विगतका बर्षका बिद्यार्थीहरुको भन्दा राम्रो हुने बताउँछन ।

 भार्सेको जनसहयोग माविमा राती ८÷९ बजे सम्म बिद्यार्थीहरुलाई कोचिङ पढाईन्छ । उक्त बिद्यालयले पनि एसएलसीको नतिजा सुधार्नका लागि आफूले यस्तो कार्यक्रम सञ्चालन गरेको जनाएको छ । काभ्रेपाखरी मावि जुभुङ, जुनियाँ मावि जुनियाँ, ग्वाधा मावि ग्वाघा, ज्ञानोदय उच्च मावि मजुवा लगायतका बिद्यालयहरुमा पनि सिक्स टु सिक्स कार्यक्रम सञ्चालन भईरहेको जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत हरीलाल अर्यालले बताए ।

 ‘जिल्लामै पहिलो पटक हाम्रा बिद्यालयहरुले यस्तो कार्यक्रम सुरु गरेका छन्, यसले एसएलसीको नतिजा सुध्रने पक्का छ’ उनले भने ‘शिक्षा कार्यालय बिद्यालयहरुको प्रयासमा अत्यनतै सकरात्मक छ ।’  बिद्यालयहरुले शिक्षा कार्यालयबाट यस्तो प्रयासको लागि आर्थिक सहयोग नहुने भएपनि बिद्यालयहरुले गरेको कामको प्रशंशा गरेका छन् ।
(नागरिकमा प्रकाशित)

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग