Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एक करोडको लागतमा ऋशीकेश पौवाको पुनर्निर्माण हुँदै

Published on 11:17:00 AM //

रुरु नेटवर्क
रिडी, माघ२४। ऋशीकेश परीसरमा रहेको शताब्दीऔ पुरानो मानीएको ऋशिकेश पौवाको यसै साता बाट पुनर्निर्माण कार्यको थालनी गरीने भएको छ । साँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रयल अन्तर्गत पुरातत्व बिभागको सहयोगमा यस पौवाको पुनर्निर्माण गर्न लागिएको हो । यस आर्थिक बर्षका लागि करीब एक करोड रुपैँयाको लागतमा भुँइतला र दोश्रो तलाको निर्माण गरिँदै छ भने आउँदो बर्ष बजेट थप गरी पौवाको तेश्रो तलाको निर्माण गरी पूर्णता दिने योजना रहेको छ । निर्माणका लागि उपर्युक्त भए सम्म पुरानै झ्याल, ढोका, टुँडाल तथा इंटाहरुको प्रयोग गरिने छ भने अन्य सामाग्रीहरु नयाँ प्रयोग गरीने छ । बिभिन्न समयमा यसको जिर्णोद्वार गर्ने क्रममा यसको मौलिक स्वरुप हराएको थियो भने पौवा पनि जिर्ण बन्दै गएको थियो । पौवा अत्यन्तै जिर्ण भए पछी यसलाई भत्काइ पुरानै स्वरुपमा र्निर्माण गर्न लागिएको हो।
पृष्‍ठभुमीको नक्सा पुनर्निर्माण हुन लागेको पौवाको हो।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग