Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

म्याग्दीमा राहदानीबाटै १ करोड राजश्व संकलन

Published on 1:27:00 AM //

म्याग्दी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले चालु आर्थिक वर्ष २०७०/७१ को पहिलो छ महिनाको अवधिमा एक करोड रुपैयाँभन्दा बढी राजश्व सङ्कलन गरेको छ ।

चालु आर्थिक वर्षको साउन महिनादेखि पौष मसान्तसम्मको अवधिमा राहदानी तथा अन्य आम्दानीसहित कुल एक करोड एकलाख १५ हजार दुईसय ६२ रुपैयाँ सङ्कलन भएको जिल्ला प्रशासन कार्यालय म्याग्दीका लेखापाल त्रिविक्रम शर्माले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयको चालु आ.व.को पौष मसान्तसम्म सङ्कलित राजश्वमध्ये अधिकांश राहदानीबाट प्राप्त भएको हो । यस अवधिमा कार्यालयले राहदानीबाट मात्रै ९७ लाख ७५ हजार राजश्व सङ्कलन गरेको छ । कार्यालयको रेकर्ड अनुसार चालु आ.व. मा सबैभन्दा बढी पौष महिनामा २२ लाख ३८ हजार ४०० रुपैयाँ आम्दानी भएको छ भने सबैभन्दा कम कार्तिक महिनामा १० लाख बीसहजार एक सय रुपैयाँ आम्दानी भएको देखिएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग