Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नवलपरासीको त्रिबेणीमा लागेको मेला आजबाट सकियो

Published on 6:08:00 PM //

कृष्ण बिसी
नवलपरासी, माघ १८ । नवलपरासीको त्रिवेणीधाममा माघ १४ गतेदेखी सञ्चालन भएको माघेऔशी मेला शनिवार सकिएको छ । धार्मिक, ऐतिहासिक र पर्यटकिय हिसावले ऐतिहासीक क्षेत्र त्रिवेणीधाममा यो बर्षको माघे औशीमा करिब ७ लाख भन्दा बढी भक्तजनहरुले त्रिवेणीमा स्नान गरेको मेला ब्यवस्थपान समितीका अध्यक्ष गोपाल प्रसाद भट्टराईले जानकारी गराउनुभयो ।मेलालाई ब्यवस्थीत रुपमा सम्पन्न गर्नका लागी बिभिन्न उपसमितीहरु निर्माण गरिएको थियो ।
त्रिवेणीधाममा नेपालको नवलपरासी, चितवन, रुपन्देही, तनहु, मकवानपुर लगाएत भारतका भैसालोटन,उ त्तरप्रदेश, बिहार राज्य लगाएतका स्थानबाट भक्तजनहरु दर्शनका लागी आउने गर्दछन ।माघे औशीको अवसरमा त्रिवेणीमा भगवानहरु स्नानका लागी आउने र त्यही समयमा स्नान गरे मोक्ष प्राप्त हुन्छ भन्ने धार्मिक जनबिश्वास रहि आएको छ । यसैबिच मेलाको समिक्षा गोष्ठी त्रिवेणीमा सम्पन्न भएको छ । ५ दिन सम्म चलेको मेला सम्पन्न गर्नका लागी करिव ३ लाख २९ हजार बराबरको खर्च भएको समितीका अध्यक्ष भट्टराईले बताउनुभयो ।  नवलपरासीको त्रिवेणी ऐतिहासिक, धार्मिक स्थान हुनुका साथै नेपालको हरिद्धारको रुपमा परिचीत छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग