Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पत्रकार महासघंको बैठक सम्पन्न, चौथो अधिबेशन फागुन १७ मा

Published on 7:30:00 PM //

शिबलाल सुबेदी
गुल्मी, २८ माघ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको वैठक सम्पन्न भएको छ । वैठकले नेपाल पत्रकार महासंघको केन्द्रिय निर्णय अनुसार फागुन १७ गते चोथो जिल्ला अधिवेसन गर्ने निर्णय गरेको छ । अधिवेसनमा निर्वाचनकालगि नेपाल वार एशोसिएसन गुल्मीका अध्यक्ष प्रेमराज आचार्यको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति गठन गरेको छ जसको सदस्यहरुमा शेषकान्त गौतम र मधु आचार्य रहनुभएको छ ।
 त्यस्तैगरि वैठकले नेपाल पत्रकार महासंघले दिदैआएको उत्कृष्ट पत्रकारिता पुरस्कार र  महासंघ मार्फत दिईने अन्य पुरस्कारको छनोटकोलागि पनि उपसमिति गठन गरेको छ । नेपाल पत्रकार महासंघको उत्कृष्ट पत्रकारिता पुरस्कारकालागि नवराज भुसालको संयोजकत्वमा गगनशिला खड्का र झविलाल विश्वकर्मा सदस्य रहेको ३ सदस्यीय समिति, जिल्ला विकास समितिद्धारा प्रदान गर्ने विकास पत्रकारिता पुरस्कार छनोटकालागि नरेश भण्डारी संयोजक रहनेगरी गणेश सारु, जिल्ला विकास समितिको प्रतिनिधि र केशरजित घिमिरे स्मृति कृयाशिल पत्रकारीता पुरस्कार छनोटकालगि ज्ञानवहादुर महतराको संयोजकत्वमा सदस्य मधु आचार्य र घिमिरे परिवारकै एकजना प्रतिनिधि रहने गरि  ३ सदस्यीय समिति छनोट गरेको छ । 
वैठकमा केन्द्रवाट स्वीकृत भईआएका सदस्यताहरुको वारेमा छलफल हुनुका साथै केन्द्रलाई वैठकले धन्यवाद समेत व्यतm गरेको छ । त्यस्तै कार्यालय सचिवको नियुतिm समेत गरेको पत्रकार महासंघका सहसचिव ज्ञानवहादुर महतराले जानकारी दिनुभएको छ । पत्रकार महासंघ गुल्मीका अध्यक्ष घनश्याम गौतमको अध्यक्षता रहेको वैठकमा कार्यसमितिका पदाधिकारी, केन्द्रिय पार्सद, सल्लाहकार लगायतको उपस्थीति रहेको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग