Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मुटुरोगी श्यामलाई जापानका नेपालीले पठाए ५६ हजार रुपैँया सहयोग

Published on 3:16:00 AM //


शिबलाल सुबेदी
गुल्मी, २८ माघ । आर्थिक अभावका कारण गुल्मीको हस्तिचौर १ निवासी १८ वर्षिय श्याम घर्तिको मुटु रोगको उपचार गर्न नसक्दा जीवन मृत्युको दोसाँदमा परेको समचार गुल्मीन्युज डट कम सहित बिभिन्न संञ्चार माध्यममा प्रसारण भएपछी उनलाई बिभिन्न संघ संस्थाहरुबाट सहयोग रकम प्रप्त भएको छ ।
मुटुमा प्वाल परेर काठमाडौको गंगालाल हृदयरोग मा उपचार गराई रहेका घर्तिलाई अप्रेसन गर्न ठुलो रकम लाग्ने भएकाले  आफु संग त्यो रकम नहुदा उपचार गर्न आबश्यक सहयोगका लागी पविारले आग्रह गरेपछि उनलाई स्वदेश तथा बिदेशबाट सहयोग रकम प्राप्त भएको हो । जापानमा रहेका गुल्मी हस्तिचौरका दानेन्द्र महतको नेतृत्वमा  बिभिन्न नेपालीहरुबाट सहयोग रकम संकलन गरेर रु ५६ हजार ९ सय १० रुपमया आज एक कार्यक्रमका बिच बिरामीका आफन्तलाई हस्तान्तरण गरिएको छ ।
सदरमुकाम तम्घासमा एक कार्यक्रमका विच नेपाल पत्रकार महासंघ गुल्मीका उपाध्यक्ष नवराज भुषालले बिरामीका आफन्त माया कुवँरलाई उक्त रकम हस्तातरण गर्नु भएको छ । रकम हस्तातरण कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधिहरु, जिल्लामा क्रियाशिल पत्रकारहरु लगायत सर्वसाधारणको उपस्थीति थियो । घर्तिको उपचारका लागी बिदेशका बिभिन्न ठाँउबाट १ लाख ७९ हजार रकम यस अघि नै परिवारले प्राप्त गरि सकेको छ । परिवारजनले सहयोगका लागि एस.बि. आई. बैक शाखा गुल्मीमा रहेको खाता नं.२०९१५२४१४०२४३९ NPR मा रकम जम्मा गर्न सकिने तथा कुनै जानकारी का लागी सम्पर्क नं.९८०७५६१९३६ मा सम्पर्क गर्न सकिने बताइएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग