Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रुरु महोत्सव शुरु

Published on 12:07:00 PM //

गुल्मी, माघ १- गुल्मी, पाल्पा, स्यांजा, बाग्लुंग र अर्घाखाँचीको पवित्र स्थल रिडी बजारमा आज १ गते देखि ७ गतेसम्मका लागि रुरु महोत्सव शुरु भएको छ। स्थानिय क्षेत्रको धार्मिक तथा पर्यटकीय आकर्षण बढाउन रुरु फ्रेण्डस् क्लवले सो महोत्सव शुरु गरेेको हो। शुरु गरेकै दिन यस क्षेत्रका हजारौ सर्वसाधारण तथा भक्तजनहरुले यस रुरु क्षेत्रमा नुहाउने कार्य र महोत्सवको अवलोकल गरि मनोरन्जन लिएका छन्। महोत्सवको उद्घाटन सभामुख शुभास नेम्वांगले गर्नु भयो। महोत्सवमा करिब दुई सय स्टल राखिएको छ। स्टलमा घरेलु अद्योगका उत्पादनहरु, कृषि जन्य सामग्री, दुग्धबाट बनाईएका सामग्री, सुचना केन्द्र र महोत्सवलाई अझ आकर्षण गर्न कृतिम ताल पनि बनाईएको छ। महोत्सवमा अन्तरिम व्यवस्थापिका सांसद तथा पूर्व मन्त्री प्रदीप ज्ञवाली, सांसदहरु गोकर्णराज विष्ट, फटिक थापा, शुदर्शन बराल, यादवबहादुर रायमाझी तथा नेपाली काँग्रेसका युवा नेता चन्द्र भण्डारी लगायतका बक्ताले रुरु रेसुंगा क्षेत्रलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचार प्रचार गरि यसको धार्मिक तथा पर्यटकीय केन्द्र बनाउनु पर्ने र सुनौली–काली गण्डकी राजमार्गको परिकल्पनालाई सार्थक बनाउन सरकारसँग आग्रह गरे ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग