Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

खेतीको कमाइ विद्यालयलाई

Published on 12:23:00 PM //

घनश्याम गौतम
गुल्मी, माघ ३ - बलिथुम प्राविलाई निमावि बनाउन स्थानीय किसान नारद क“डेलले खेतीबाट कमाएको ७ लाख ५० हजार रकम विद्यालयलाई प्रदान गरेका छन् । उक्त विद्यालयमा अधिकांश कुमाल समुदायका बालबालिका पढ्छन् । उक्त विद्यालयबाट प्रावि स्तरको पढाइ सकेपछि थप अध्ययनका लागि नजिकै विद्यालय नहु“दा धेरैजसो बालबालिकाले पढाइ छाड्ने गरेको देखेर निमावि बनाउन सहयोग गरेको क“डेलले बताए ।
दाताकै नामबाट अब विद्यालयको नामसमेत परिवर्तन गरिने विद्यालय व्यवस्थापन समिति सदस्य तेजेन्द्र श्रेष्ठले बताए । दाता नारद
क“डेलले भने, 'विपन्न बालबालिकाले अध्ययनको अवसर पाउने र बुबाकै नाममा विद्यालयको नामकरण हुने भएपछि कफी, धान, मकै र घा“स बिक्री गरेर जम्मा गरेको पैसा दान दिएको हु“ ।'
'तत्काल ७५ हजार प्राप्त भएको छ,' व्यवस्थापन सदस्य श्रेष्ठले भने, 'बा“की रकम महिना दिनभित्र दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।' श्रेष्ठका अनुसार उनको बलिथुम गाविसका बडिघाट खोला किनारमा ३२ रोपनी खेत र केही पाखो जग्गा छ । क“डेल उक्त विद्यालयका व्यवस्थापन समिति अध्यक्ष हुन् ।
दाताको इच्छाअनुसार विद्यालयको नाम परिवर्तन गरेर बलिथुम नरहरि क“डेल निमावि बनाउने प्रक्रिया अगाडि बढाइएको विद्यालयका स्रोतव्यक्ति उमाकान्त अर्यालले बताए । शिक्षा नियमावलीमा निमाविका लागि ७ लाख प्रदान गर्नेका नाममा विद्यालयको सुरुको नाम जोडेर रकम दिनेको नाम राख्न सकिने व्यवस्था छ ।
अर्यालका अनुसार २०१९ सालमा प्रावि स्थापना भएको विद्यालय अहिलेसम्म पनि प्रावि नै थियो । प्रधानाध्यापक चिरञ्जीवी पोखरेलका अनुसार विद्यालयमा २ सय २१ विद्यार्थी छन् । तीमध्ये ६० प्रतिशत कुमाल समुदायका र १० प्रतिशत विपन्न एवं दलित छन् ।

Tags:

1 comment

  1. First thanx alots to sanju to give more n more informatation about gulmi through this blog.Then i wants to give many many thanx to MR NARAD kandel who donate for a balithum prabi to make lower seconday school,If all people thinking will like him our country will devloped rapidly.Fact nepal is poor but nepali are rich

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग