Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

Published on 2:19:00 PM //

Gulmi Darshan

नेकपा एमाले गुल्मी काठमाडौं सम्पर्क मंचले फागुन ४ गते आयोजना गरेकेा वनभोज कार्यक्रममा काठमाडौंमा भएका गुल्मेली काठमाडौंको थानकोट स्थित त्रिभुवन पार्कमा रमाएका छन् । सो कार्यक्रममा गुल्मी जिल्ला समाज युकेका विनोद ज्ञवाली लगाएका व्यक्तिहरुको पनि सहभागिता रहेकेा थियो । सो कार्यक्रममा दोहोरी र घौटो पुटाल्ने खेल पनि आयोजना गरिएको थियो । क्षेत्र नं। १ र ३ का सांसदहरु फटिक थापा र गोकर्णराज विष्टको पनि उपस्थित रहेको थियो । सोही पार्क भित्र अर्को गुल्मेलीहरुको पनि वनभोज कार्यक्रम भैरहेकेा थियो । सो वनभोज कार्यक्रम छपनी समाज गुल्मीले गरेको हो । सो कार्यक्रममा पनि गुल्मेलीहरुको उल्लेख्य सहभागिता रहेकेा थियो । सो वनभोज कार्यक्रममा चिठ्ठा थुत्ने र त्यो चिठ्ठामा नगद तथा अन्य जस्तै अभिनय गर्ने जस्ता कि्रयाकलाप राखिएको थियो । सोही कार्यक्रममा क्षेत्र नं। ३ का सांसद गोकर्णराज विष्टले जाँतो पिस्ने अभिनय गर्नु भएको थियो । यसले त्यहाँ उपस्थित सम्पूर्ण गुल्मेलीहरुलाई एक पटक गुल्मीको याद गराएको थियो ।याद होस् छपनीको अर्थ खोज्ने हो भने छान्ने वस्तु भन्ने हुन्छ तर यो त्यो होइन । छपनीको अर्थ यस्तो पो रहेछ नी । छ को छल्दी प को पनाहा र नि को निस्ती । यी तीन वटै नाम गुल्मीमा रहेका नदीहरुको नाम हो । यसले के बुझिन्छ भने छपनी समाज भनेको यी तीन वटा नदी वरिपरिका गाविस र गाँउवस्तीका गुल्मेलीहरुको समाज भन्ने बुझिन्छ र हो पनि त्यही । तर दुखको कुरा एक जना छपनी तिरकै गुल्मेली मित्रले दुख र रोस पनि पोख्दै हुनु हुन्थ्यो हामी पनि त्यतैका हौ तर हामीलाई कुनै पनि जानकारी दिईएन ।


News & Photo By:- Gulmi info

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग