Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लगानी थपियो

Published on 3:00:00 PM //

शान्ति प्रक्रिया सुुरु भएपछि यहाँका व्यवसायीले लगानी बढाएका छन् । व्यवसायीहरूले पछिल्लो १ वर्षमा वित्तीय संस्था, यातायात, सञ्चारलगायतका क्ष्ाेत्रमा झन्डै ५ करोड रुपैयाँ लगानी गरेका छन् । यो लगानी जिल्लामा अहिलेसम्मकै ठूलो भएको उनीहरूको दाबी छ ।
उद्योग वाणिज्य संघका अनुुसार अहिले तम्घासमा अधिकृत पुँजी पाँच करोड र चुुक्ता पुँजी १ करोड ४४ लाख रहेको निजीस्तरको पहिलो बैंकका रूपमा रेसुुङ्गा विकास बैंकले कारोबार सुुरु गरेको छ । बैंकले तम्घासमा अत्याधुुनिक कम्प्युटरबाट सबै काम गर्दै आएको छ । असोज अन्तिम साता उद््घाटन गर्ने तयारीमा रहेको उक्त बैंकमा कारोबार सञ्चालनको चार दिनमै १ सय ६० जनाले खाता खोलेका छन्् । बैंकले बाल बचत र गृहणीहरूका लागि बचतमा आकषिर्त सुुविधा उपलब्ध गराएकाले खाता खोल्नेको संख्या बढी भएको अध्यक्ष श्रेष्ठले बताए । बैंकले नेपाल राष्ट्र बैंकबाट 'ख' वर्गको इजाजत पाएको छ । बैंकको लगानीमा स्थानीय १८ व्यवसायी आबद्ध छन्् ।

एक करोडकै लगानीमा एक महिना अघिदेखि सञ्चालन भएको गुुल्मी युुनाइटेड बचत तथा ऋण सहकारी संस्थाले पनि आइतबार सम्ममा झन्डै ५० लाख लगानी गरिसकेको कोषाध्यक्ष श्याम पाण्डेले बताए । संस्थामा ३ सय ५० सेयर सदस्य

छन् । सदरमुुकाममा बैंकले वित्तीय कारोबारसमेत सुुरु गरेपछि बैंकिङ कारोबार गर्ने बैंकको संख्या दुुई पुुगेको छ । यसअघि वाणिज्य बैंकमात्रै थियो । कृषि विकास बैंकले पनि छिट्टै बैंकिङ सेवा प्रदान गर्ने भएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग