Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सय नाघेका बूढाले १७ वर्षीयालाई भित्र्याए

Published on 12:57:00 AM //

मध्य सोमालियामा आफू १ सय १२ वर्षको भएको बताउने एक पुरुष र उनकी किशोर श्रीमतीको विवाह समारोहमा सयौं मानिस सहभागी भएका छन्।

यसअघि नै ५ श्रीमतीबाट १८ सन्तानका पिता अहमेद मुहमेद डोरेले आफ्नी नयाँ पत्नीबाट धेरै अपेक्षा गरेको बताएका छन्। उनकी श्रीमती सफिआ दुब्दुलेह १७ वर्षकी मात्रै छिन्।
'आज भगवानले मेरा सपना साकार पारे', गालगुदुद क्षेत्रमा भएको विवाह पछि डोरेले भने। बेहुलीको परिवारले उनी 'उनका नयाँ पतिसँग खुशी रहेको' जनाएको छ। आफ्नो खनातीको उमेर बराबरको बेहुली र उनका पति डोर एकै गाँउका हुन्। उनले विवाहका लागि लामो समयसम्म हुर्किन पर्खिए बताएका छन्।

'मैले उनलाई दवाव दिएको छैन, तर मैले मेरा अनुभव प्रयोग गरेर उनलाई मेरा मायामा कन्भिन्स गरे र त्यसपछि हामी दुवै बिहे गर्न सहमत भयौं', बेहुलाले भने।

सोमालियाका इतिहासकारहरुले यस प्रकारको विबाह एक शताब्दी पछि पहिलो पटक भएको बताएका छन्।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग