Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गजल

Published on: //

-गोकर्ण 'प्रकाश' ज्ञवाली
जहाज चढेँ भन्थ्यौ ओर्लेको खबर तब पो आयो
तिमि नआउँदै घरमा तिम्रो डढेको शब पो आयो

आएपछि एउटा खुसीको कुरा सुनाउँछु भनेथ्यौ
तिमि नआउँदै हेर त यहाँ आँशु सब को आयो

नेपालको सडक मात्र के आकाश नि असुरक्षित
युद्धको सिपाही जस्तो यात्रु बेला गजबको आयो

नरहेछन कि ति इश्वर कि यात्रा नै भुल हो त्यो
कि तिमि जिवितै छौं तिमि खबर न भको आयो

जहाज चढेँ भन्थ्यौ ओर्लेको खबर तब पो आयो
तिमि नआउँदै घरमा तिम्रो डढेको शब पो आयो |

भ्यालेण्टाईन डे

संगीता रौनियार
प्रेम दिवस, हातमा गुलाफको फूल, प्रेम निवेदन र मोजमस्तीसँगै घुमफिरको दिन । यो दिन युवाहरूको प्रिय चाड नै भैसकेको छ। यो दिन आउनुअघि नै युवाहरू प्रेमको रङ्गमा रंगिएका हुन्छन्। महिना पहिलेदेखि यसको तयारीमा जुटेका हुन्छन्। ठूलाबडालाई प्रेम दिवस जति नै असहज किन नलागोस् युवामनका निम्ति यो आत्मीय चाड हो।
१४ फरवरीलाई विभिन्न देशमा रोमान्स र मायाको पर्वका रूपमा मनाइन्छ। क्याथोलिक र रोमनहरूको यो चाड आज संसारभरिका युवाका लागि मनपर्ने चाडका रूपमा प्रख्यात भैसकेको छ। यो चाडको प्रारम्भ कसरी भयो ? भन्ने विषयमा भिन्दाभिन्दै धारणा छ। हजारौं वर्षअघि रोमका राजा क्लोडियसले आफ्नो देशमा कुनै पनि सैनिकले विवाह नगरून् भन्ने उर्दी जारी गरेका थिए। राजाको सोच थियो- सेना विवाहको झन्झटमा फसे भने युद्ध गर्न सक्दैनन्। भ्यालेन्टाइन पादरी थिए, उनले राजाको आज्ञाविरुद्ध धेरैको विवाह गराए, फलस्वरूप राजाले उनलाई फाँसी दिए। १४ फरवरीका दिन नै भ्यालेन्टाइनलाई फाँसी दिइएको थियो र त्यही दिन उनले जेलरकी छोरीलाई प्रेम सन्देश पठाएका थिए । त्यस दिनदेखि यो दिवस 'सेन्ट भ्यालेन्टाइन डे' का रूपमा विख्यात भयो।
पश्चिमी सभ्यताको यो चाडले बिस्तारै हाम्रो देशमा पनि प्रवेश गर्यो र प्रचलित भयो। यो दिन युवाहरूको चाहना र माया व्यक्त गर्ने दिनका रूपमा प्रख्यात छ। आजका युवाहरूले जुन भावले पश्चिमी सभ्यता र फेसनलाई स्वीकार गरेका छन् त्यसैगरी मदर्स डे, फादर्स डे, फ्रेन्डसिप डे, भ्यालेन्टाइन डे पनि सहज रूपमा स्वीकार्य भएका छन्।
आज हाम्रा पुराना मान्यता, संस्कार र परम्परा खण्डित भैरहेका छन्। आधुनिकता र देखावटीपनको चकचकी बढ्दो छ। प्रदर्शन गर्ने होड नै चलेको छ। 'गर्लफ्रेन्ड' र 'ब्वाइ फ्रेन्ड' बनाउने त फेसन नै चलेको छ।
आजका युवा मस्तिष्कले मात्र होइन, मनले पनि सोच्छन् र बढी काम गर्छन्। क्याम्पसकी एक छात्राको राय छ-'भ्यालेन्टाइन डे मनाउनुमा के नराम्रो छ र ? जिन्दगीको गोरेटोमा हामीलाई अंकुश होइन, खुसी, माया र स्वतन्त्रता चाहिएको छ। सँगसँगै पढ्दा, घुम्दा र काम गर्दा प्रेमको अंकुरण हुन्छ जुन स्वाभाविक र सहज हो। यसमा आश्चर्य मान्ने कुरै छैन। 'समयको विकाससँगै भ्यालेन्टाइन डे मनाउने परम्परामा पनि भिन्नता देखा परिरहेको छ। पहिले-पहिले आफ्नो भाव व्यक्त गर्ने दिन यही हुन्थ्यो। १९ औं शताब्दीमा प्रेमपत्रद्वारा प्रेमी-प्रेमिकाहरू आ-आफ्ना भाव व्यक्त गर्थे, पछि १९६० को बेला रातो गुलाफ र फूलका गुच्छाको चलन आयो। १९८० देखि डायमन्ड कम्पनीहरूले विभिन्न डिजाइनमा गहना डिजाइन गरी त्यसको भव्य प्रचार-प्रसार गर्न थाले।
धेरैजसोले कार्ड, खेलौना मुटु आकारका खेलौना, चकलेट, पर्फ्युम, मग तथा फूल उपहार दिन मन पराउँछन्। यो दिन गुलाफको फूल नै किन दिइन्छ भने गुलाफको फूल मायाको प्रतीक हो। संसारको सबैभन्दा सुन्दर फूल गुलाफ हो जसले केवल प्रेमको भाषा बोल्छ। धेरै जनाको विचार छ-'यो केवल युवाहरूको चाड हो तर यो माया-प्रेम गर्ने सबैको चाड हो, यो दिन प्रत्येक युगल जोडीले प्रेम गर्न सक्छन्, तिनीहरू श्रीमान् र श्रीमती हुन सक्छन्। यो दिन सबै श्रीमान्-श्रीमतीले आ-आफ्नो जोडीलाई प्रेमको चिनो दिन कन्जुस्याइँ गर्नु हुँदैन। भ्यालेन्टाइन डेलाई लोकप्रिय बनाउन आर्चिज कम्पनीको ठूलो हात छ। आर्चिजले आफ्नो उत्पादनमा कार्ड्स्, मुटु आकारको मग, टोय, स्टेसनरी, प्रेमसन्देश, ज्वेलरी, पर्फ्युम, गृहसज्जाका सामान प्रमोट गर्छ। यसै दिन कतिपय होटलमा गीत, नृत्य र संगीतको विशेष कार्यक्रम पनि हुने गरेको छ।
यो दिन अरूलाई फाइदा होस्-नहोस् तर फूलका व्यापारीलाई धेरै फाइदा हुन्छ। यो दिन एउटा गुलाफको कोपिलाको मूल्य १ सय रुपैयाँसम्म पुग्छ। सक्कली मात्र नभै नक्कली गुलाफको बिक्री पनि उत्तिकै हुन्छ।
चाडको मौलिकतालाई ध्यानमा राख्दै यसलाई मनाउनुपर्छ। भद्दा प्रदर्शन र अश्लीलताबाट बच्नुपर्छ। माया प्रदर्शन गरेर होइन, साथीको मन शालीन व्यवहारबाट जित्नुपर्छ। विश्वासपूर्ण रूपमा आफ्नो भावना व्यक्त गर्नुपर्छ। अरूको लहलहैमा लागेर आफ्नो बजेट बिगार्नु मुख्र्याइँ हुन सक्छ। तसर्थ प्रेम दिवस मनाउनुहोस् तर सीमाभित्र रहेर, किनभने माया प्रदर्शन गर्न एउटा छड्के नजर नै पर्याप्त हुन्छ। —
प्रणय दिबसको अवसरमा आत्मीय मनमा प्रेमै प्रेम रसले अविषेक गर्दै प्रेम पुष्प अर्पण गर्छु !! हेप्पी भेलेन्टाइन डे !
(कान्तिपुर साप्ताहिकबाट)

गजल

Published on: //
-अशोक गौतम "क्षितिज"

हराएका सन्तानको आधा शरिर भेटिएको छ ।
र भेटिएको छ कसैको मात्रै शिर भेटिएको छ ।

यो समय पनि छि कस्तो अचम्मको हो ?
तिनै दु:खी मनहरुमा अनेकौं पिर भेटिएको छ ।

कठै उनका ति सन्तानले अव केही सुख पाउलान,
विचरीलाई शरिर वेच्ने जागिर भेटिएको छ ।

खै कस् कस्ले के के पाउने हुन् थाहा छैन,
गरिवको वस्तीमा मन्दिर भटिएको छ ।

मेरो देशको अस्तित्व र आमाको अस्मिता जोगाउनु,
भन्दैछ क्षितिज मेरो गन्तव्यको आखिर भेटिएको छ ।

सचिव 
परिदृष्य साहित्य प्रतिष्ठान्
शंकरनगर, रुपन्देही


गजल

Published on: //
-कल्पना पौडेल "जिज्ञासु"
पलपल यो जिन्दगीमा हारेर म बाँचेकी छु
आँखाबाट बर्बर आँशु झारेर म बाँचेकी छु

बेदनाको पोको बाहेक छैन केहि आफु संग
त्यसैले त पिउने बानि पारेर म बाँचेकी छु

प्रदेशीएँ बाध्यतामा साना सन्तान छोडेर
उन्कै तस्विर हेरी दिन टारेर म बाँचेकी छु

दुरी टाढा हुँदा आज प्यारा पनि पराइ भए
शोकै शोकले आत्मलाई मारेर म बाँचेकी छु

यसरी नै लिलाम भए खुशी अनि रहरहरु
चाहना छिर्ने मनलाई बारेर म बाँचेकी छु


 गैडाकोट,४,नवलपरासी
 हाल:इजरायल

गजल (....... जस्तो हुन्न बिदेश)

Published on: //
-अनन्तराम गिरि 
भट्टी पसल तिर धाए जस्तो हुन्न विदेश
परिवार सँग बसेर खाए जस्तो हुन्न विदेश

रगत पसिनाको मोलै छैन परदेशमा साथी
वन पाखामा गित गाए जस्तो हुन्न विदेश

न त रातमा निन्द्रा न त भोक छ दिनमा
सुखीको रोजी रोटी पाए जस्तो हुन्न विदेश

विरामी भै ढल्दा कसले हेर्छ र यहाँ हजुर
फोनमा आरामै छु भनि बताए जस्तो हुन्न विदेश


गुल्मी, सिमलटारी
हाल: मलेशिया

गजल

Published on: //
-कल्पना पौडेल "जिज्ञासु"
तिम्रै लागि हृदयमा अथाह पिरती छ
जिन्दगीमा पैलो पटक नयाँ अनुभूति छ

तिमि स्वदेश म विदेश यस्तो परिस्थितिमा
सामिप्यको आभाष दिन प्रेमको उपस्थिति छ

भुल्न सहज कहाँ छ र? बितेका ति पलहरु
नयन भरी उही मिठो प्रमिल आक्रिती छ

बाध्यताले टाढा छु नि बिन्ति प्रिय बुझिदिनु
मनभरी तिम्रो त्यै अविस्मरणीय स्मृति छ

हाम्रो भेट कसो गरि नहोला र प्रियतम  
यता पनि उता पनि त्यहि आकाश धर्ति छ

गैडाकोट,४,नवलपरासी
हाल:इजरायल

गजल

Published on: //
-कल्पना पौडेल "जिज्ञासु"
सगरमाथा हाम्रो शिर झुक्ने होकी फेरी
सहिदको आलो रगत सुक्ने होकी फेरी
 
बुद्धका उपदेशलाई सधै मनन नगरी
शान्ति र सदभाव त्यो लुक्ने होकी फेरी
 
छत्तिस वर्ण जातजाति साझा फूलवारिमा
शान-मान अस्तित्व नै चुक्ने होकी फेरी

स्वर्ग भन्दा प्यारो प्रकृतिको धनि नेपाल
रड्डी बनाई सत्रुहरुले थुक्ने होकी फेरी
 
नेपाल हाम्रो गौरब हो सबै नेपालीको
मुखिया भै विदेशीले भुक्ने होकी फेरी

गैडाकोट,४,नवलपरासी
हाल:इजरायल

गजल

Published on: //
-कल्पना पौडेल "जिज्ञासु"
दोबाटोमा छोड्नु भन्दा बरु मलाई मारिदिनु
सवाल उठ्न सक्छ पक्कै बाहनामा टारिदिनु

तिम्रै आगनिको बाटो  मेरो लास लैजादा
दुनियाँलाई देखाउन नि गोही आशु झारिदिनु

मलामिको निहु पारी घाट सम्म आएर
गुलाबको एउटा फूल चिता माथि पारीदिनु

सँगै जिउने मर्ने थिए हाम्रा बाचा कसम
त्यही पुरानो यादमा एकछाक जुठो बारीदिनु

झस्काउला कैलेकाही बिगतको सम्झनाले
बर्तमानलाई स्विकार्दै अतित परै सारीदिनु

गैडाकोट,४,नवलपरासी
हाल:इजरायल

कविता: निरन्तर यात्रा

Published on: //
-कल्पना पौडेल "जिज्ञासु"
तिमी आफ्नो  लक्षमा पुग्न
चाहन्छौ भने निरन्तर हिँड्दै जाउ
चाहे बाटो भरि धारिला
तरवारहरु नै किन
बिछाइएका
नहुन


घाउको कुनै प्रबाह नगरी
एक दृढ विश्वासका साथ
लामो यात्रामा हिँडी राख
यस्तो सुन्दर संसारको
कल्पना
गर

जहाँ कुनै जातीय भेदभाव नहोस
बर्ग संघर्ष रहित
व्यवस्था
होस्

योग्यता अनुसारको काम
अनि काम अनुसारको दाम
सबैलाई समान रुपमा खान
लाउन पुगोस


यात्रा जती सुकै कठिन भएता पनि
यिनै सपना बोकेर
सबै श्रमजीवीहरु हातेमालो
गर्दै अगाडि बढ्दै जाउ


गन्तब्यमा
पुग्न नपाउँदै बाटोमै
दुस्मनका ति सैतानहरुले
तिमीलाई चारै तिरबाट धारिला अस्त्रले
प्रहार गरी तिम्रो बाटो रोक्दै यात्रालाई
असफल पार्ने
प्रयन्त
गर्न खोज्नेछन
तर

तिमि कत्तिपनि बिचलित नहुनु
सत्रुको प्रहारलाई विश्वासका साथ
परास्त गर्न सक्यौ भने  पक्कै
तिमि आफ्नो गन्तब्यमा
पुग्न सफल
हुनेछौ


गैडाकोट,४,नवलपरासी
हाल:इजरायल

प्रवासको पिडा (कविता)

Published on: //
-कल्पना पौडेल 'जिज्ञासु'

टिक टिक टिक
फेरी फोनको घन्टी बज्यो
फोन उठाउदै हेल्लो भने
मेरो  छोरा (सोनु) थियो
हेल्लो ममी हजुर कहिले घर आउने?
उही पुरानै सवाल
उफ्फ्फ्फ
मेरो पनि त्यही पुरानै जवाफ
अर्को साल आँउछु बाबु
हरेक साल त्यही अर्को साल
पर्खेर बसेको छ त्यो अबोध बालक
मनभरी धेरै आशा सँगालेर
टुकु टुकु हिँड्थ्यो मेरो सोनु
त्यही बेला जब म प्रदेश लागेकी थेँ
तोते बोलिमा आमा भनेको पनि
यसै फोनबाट सुनेकी थिए
कुरा गरुन्जेल त सँगै भएको

उस्को गाला सुम्सुमाएको
आभास गर्दै गहभरी आँशु पार्छु
कस्तो होला मेरो मुटुको टुक्रा
कल्पनामा बहकिन थाल्छ मन
भाबुक हुन्छु स्पर्सले छुन नपाउँदा
भक्कानिन्छ, छाती चिरिन्छ
कठै!
यि सवालको के जवाफ दिउँ म
अर्को साल आँउछु भन्दा भन्दै
बर्षौँ बित्यो नि ममी
कस्तो हुन्छ र त्यो धन?
सन्तानको माया भन्दा पनि ठुलो ??
कसरी सम्झाँउ
मेरा बाध्यताहरु सन्तानबाट टाढिनाको
पिडा ब्यथा त्यो मासुम बालकलाई
उफ्फ्फ्फ
लामो श्वास फेर्छु
सात साल हुँदा पनि अझै होमसिकले
छोडेको छैन मलाई

सालहरु आउँछन जान्छन
क्यालेन्डरका रङिन पानाहरु
च्यातिएर फ्याँकिन्छन
न त म घर फर्किने दिन आउँछ
न अर्को साल आउछु भन्न नै छोड्छु

भै गो ममी सधैं मलाई यसरी नै ढाँट्नु
हुन्छ किन आउनु पर्‍यो र बिदेशमै
रमाइलो होला रमाएर बस्नुस् भन्दै
फोन काटिन्छ उताबाट
अनी
म पनि आफु माथिको यो जिम्बेवारीको
बोझ एक पलका लागि कतै मिल्काउन
पाए कस्तो हुन्थ्यो होला भन्दै आफ्नो
लाचार र बिवश किस्मतलाई धिक्कार्दै
भुँईमा थ्याच्छ बसेर
रुन थाल्छु
सुँक्क सुँक्क गर्दा गर्दै
डाँको छोडेर
यसरी नै बितेका छन मेरा
प्रबासी दिनहरु.......


गैंडाकोट ४ नवलरासी
हाल इजरायल

गजल (दशैँ बिशेष)

Published on: //

-कल्पना पौडेल "जिज्ञासु"
अझै कती राँगा-खसी यो दशैमा मर्ने होलान
मानब रुपी दानबले आफ्नो पेट भर्ने होलान

मासुको बिलो लाँउदा हाना लुछी गर्दै राक्षस
रक्सीको सितन बनाई मोज्मस्ती गर्ने होलान

कालीलाई खुशी पार्न बली दिनु पर्छ भन्दै
मैले ढाल्छु भनी पापी अघी अघी सर्ने होलान

सधैं सँगै चर्ने साथी अचानक हराउँदा
खर्बारिमा राँगा बोका रुँदै कठै चर्ने होलान

चाडपर्बको निँहु पारी प्राणीहरुको हत्या गर्दा
सृस्‍टि रच्ने प्राण दाता तीन छक पर्ने होलान

गैडाकोट-४, नवलपरासी
 हाल: इजरायल

ऐतिहासिक चारापाला दरवार र यसको पृष्ठभुमिमा गुल्मीः एक चर्चा

प्रेम सुनार
यस वर्षको घटस्थापना देखि सताब्दीर्यौपछि गुल्मीको चारपाला दरवार पुरानै रुपमा सिंघारेर दशैं पुजा गरिदै छ । चारपाला दरवार भन्न वित्तिकै गुल्मीको प्रख्यात, ऐतिहांसिक तथा पुरातात्विक महत्व वोकेको दरवार हो । यो दरवारलाई गुल्मीको ‘मुल घर’ भनेर पनि भन्ने गन्छि ।
विक्रम संवत १७०३ मा गल्मीका तत्कालिन राजा श्रीमत शाहीले निर्माण गरेको चारपाला दरबार पुरै जिर्ण भईसकेको थियो । जसलाई सँस्कृति तथा पर्यटन विकास मन्त्रालयले रुरु रेसुङ्गा संरक्षण तथा पर्यटन विकास समिति गुल्मी मार्फत जिर्णेद्धारका लागि रु २४ लाख गत वर्ष विनियोजन गरेर निर्माण सम्पन्न गरेपछि त्यस दरवार पुरानै रुपमा सिंगारिएको हो । दरवारको अगाडी पछाडीको भाग भत्केको थियो । परै प्यागोडा शैलीका दरवाका काष्ठ कला, गारो, पर्खाल, टुँडाल, झ्याल भरेङ नष्ट भएको थियो । ‘जसलाई स्थानिय शिल्पीहरुबाट पुरानै रुपमा सिंगार्न मुस्कील थियो", निर्माण समितिका अध्यक्ष अशोक कुमार थापाले गुल्मीन्युजलाई भने–‘भक्तपुरका शिल्पी बोलायौँ र भारतको राजिस्थानबाट झेँगटी ल्याएर पुरानै रुप दिएका हौं’ ‘शास्त्रमा आधारित छाना अडाउने टुँडालहरु ५२ वटा फे¥यौं’ थापाले भने–‘ झयाल ढोका पनि पहिला कै जस्तो बुट्टवाला, दरवार परिसरलाई भक्तपुरकैै रातो ईटा ओछाएर चिटिक्क पारेको छौं, यसपालीको दशैमा पुरानै रुपमा दरवारमा दशै पुजा गर्न पाउँदा चारपालवासी त हर्षित छौं नै, सिंगो जिल्लावासीका लागि पनि यो गर्वको विषय हो ।’ त्यस दरवारलाई मात्र पुरानो रुप मात्र दिईएको छैन, त्यस दरवासंग जोडिएका अन्य मठ मन्दिर, तत्कालिन रानीले नुहाउने, जसलाई रानी पोखरी भनिन्छ त्यसलाई र ठुली पोखरीको पनि जिर्णद्धार भएको छ । दरवार देविस्थान गाविसमा चारपाला दरवार रहेको छ भने रानीपोखरी दुचिौरमा र भैरवको मन्दिर अमरअर्वाथोकमा । ति सवैले जिर्णेद्धार पाएपछि स्थानियवासीहरु हर्षित भएका छन् । भैरव मन्दिर जिर्णेद्धरका लागि मन्त्रालयले पाँच लाख र जन श्रमदान सहित साढे छ लाखमा सम्पन्न भएको थापाले बताए ।
अतः पुरानै सिंगरपटारमा यसपालीको दशै पुजा चलिरहेको अवसरमा  चारपाला दरवार र उसले बोकेको गुल्मीको ईतिहासवारे थोरै चर्चा गर्न गईरहेका छौं । डाक्टर राजाराम सुवेदीद्धरा लिखित "गुल्मीको ऐतिहांसिक झलक" पुस्तकका अनुसार वि.सं १४९३ सालमा गुल्मी राज्यमा स्वतन्त्र राज्य स्थापना भएको थियो र त्यस राज्यको पहिला राजा विर शाह थिए । लिच्छीवीकालिन राजा नरेन्द्रदेव र उनका वंश उदय देवको संयुक्त शासनकालमा विक्रम संवत १०५५ मा सारिएको अष्टसाहस्रिंका प्रज्ञापरमिता नामक पुस्तक भोटको शाक्य मठमा रहेको पुस्तीकाको बाक्यमा गण्डी गुल्म र चौकीलाई संकेत गर्दछ । कालिगण्डकीको तटमा रहेका कारण गण्डी र चौकी शब्दलाई जोडेर गण्डी गुल्म नामकरण दिएको छ । त्यसबाट के प्रमाण्ीत हुन्छ भने विक्रम संवत १०५५ मा गुल्मी क्षेत्र नेपालको शासनको क्षेत्र भित्र पर्दथ्यो ।
त्यस्तै राजा आनन्द देवको पालामा विक्रम संवत १२२१ मा सारिएको अस्टसाहस्रिंका प्रज्ञापरमिता पुस्कतक वेलायतको क्याम्व्रीज विश्व विध्यालयमा सुरक्षित छ । ति पुस्तकहरुमा चार पल्टन रहेको गण्डी गुल्म विषय शब्दको प्रयोग छ । एक विद्वान मस्र्याङ्गदी पुर्व कालिगण्डकी सम्मलाई बुढी गण्डी शब्द प्रयोग गरेका छन् । गण्डीलाई मगराँत क्षेत्र भनिएको छ । ईतिहासकारका अन्य लेख अभिलेखबाट पनि प्रचिनकाल देखि नै गुल्मी भेगलाई मगराँत क्षेत्र थियो ।
बुढापाकाहरुको भनाई अनुसार मुसालमानी अक्रमणको बेला आर्यहरु पहाड पसेर मगरहरुको आश्रयमा परेका थिए । मुसलमानी सेनालाई मगरहरुको सुँगुरको मद्धतबाट परास्त गरिएको थियो । त्यस्ले पनि पुराना कतिपयहरु कोटहरुमा अझै पनि सुँगुर वली दिईन्छ र मगरहरु पुजारी वस्छन् । पहिले पर्वतलाई ४ हजार भनिन्थ्यो । जसले गुल्मीलाई संकेत गर्द छ । मगराँत राज्यका वलिह्याङ्ग राज थिए । जसको राजधानी पाल्पाको बल्ढेङ्गगढीमा थियो । त्यसका संस्थापक राजा उनै वलि र राजालाई मगर भाषामा ह्या भनिने भएकोले उनलाई वलिहया भनिएको हो । मगरको राज्यपछि गण्डी क्षेत्रलाई नै गुल्मी भनिएको र खास गुल्मी चारपाला क्षेत्रलाई भनिन्थ्यो । पछि शाह वंशिय राजाहरुले चार पाला दरवार तिन तले बनाएका थिए । झिगटीले छाएको छानो, ईटा माटो प्रयोग गरी लागाईएको गारो पर्खाल, अग्राकको दारपात, चाँपको ढोका, अंगाले भरीका थाम, वज्राँटका भरेटुनि काठको कौशी, फलाटको कराएँ, लैठाका सत्तेरी, चिप्लेटी ढुङ्गा विछाएको दरवारको प्रांगण त्यस दरवारका आकर्षित पार्ने वस्तु हुन् ।
गुल्मीलाई चारपाला भन्नुको कारण पनि छ । जस्तै पुर्वको गौंडा पाल्पाथोक, दक्षिण्को गौडा अमरअर्वाथोक, उत्तरको गौँडो मुसिकोट थोक, र दक्षिणको गौँडो गलामथोक आदि । गुल्मी चारपालाकोट र दरवारमा वाईसी चौविसी राजाका पालामा गुल्मीका राजाहरुले त्यहीँ वसी राज्य सञ्चालन गरेका थिए । त्यसको पुरातात्विक खोजी तथा संरक्षणको प्रतिक्षा त्यस दरवारले गरेको थियो । गुल्मी चारपाला दरवारको निदाल अर्थात वलेसीको काठमा एक अभिलेखले दरवार निर्माणको प्रमाण मिलेको छ । त्यो दरवार निर्माण गर्ने कारिगर शिल्पीको नाम समेत दिइएको छ । चारपाला क्षेत्र धार्मिक दृष्टिीले पनि महत्वपुर्ण छ । दरवारको तेश्रो तल्लामा पुराना हात हतियार सहित धातुले बनेको ईस्वरी भगवातीको मुर्ति छ । जहाँ वर्षेनी दशैंमा पुजारीले नित्य पुजा धुप ध्वाँर गर्दछन् । चारपाला संगै लक्ष्मीपुर हलाको तम्घास, लक्ष्मी नारायणले तपस्याका गरेको रेसङ्गाु तपोभुमि र ब्यविचारी राजाले राज्य गर्ने अर्जुन लेक, रुरु रिडी यस भेगमा मानव वस्तीको विस्तारसंगै धार्मिक क्षेत्रका रुपमा प्रख्यात हुँदै आएको स्थान हुन भने धरमपानी हर्दिनेटा, मानकोट, लिम्घा, मुसिकोट, ईस्माकोट, धुर्कोट, पुर्कोट, शान्तिपुरको चन्द्रकोट, मगरहरुका वलि राजाको समाप्ती र अस्तीत्वमा आएका स्थानहरु हुन् ।
त्यस्तै धातुको विशाल भण्डारका रुपमा भार्से, पैसा काट्ने स्थान वामी टक्सार र बलेटक्सा पनि यहाँको अर्को प्रशिद्ध स्थान हो । आर्याहरुको आगमन र शाह वंशको विजय पुर्व यस क्षेत्र मगराँत राज्य भएको र मगरहरु यहाँका आदीवासी भएको अर्खेले निवासी देश कै प्रख्यात विध्वानमा गनिनु भएका स्वार्गिय डाक्टर टिकाराम पन्थीको लेखमा पनि उल्लेख छ । जव शाह वंंसले देशैभर विजय गरे तव दशैंलाई विजय उत्सवका रुपमा मनाउन थालियो र यो पर्व मान्न नचाहने यहाँका आदिवासीहरुलाई पनि उर्दिका रुपमा मान्न लगाईयो । यहाँ सम्मकी मेडो काटे कै हुन पर्ने, त्यो मेडो काटेको रगत चामलमा भिजाएर टिका लगाउनु पर्ने र अझ त्यसको यथेष्ट प्रमाण प्रत्येकले मेडो काटेर घरको भित्तामा रगतकोा पाँच औलाको छाप लगाउनु पर्ने उर्दि पनि जारी गरियो । जसले गर्दा केहि वर्ष अघि सम्म प्रत्येकको घरको भित्तामा लगाउने गरिन्थ्यो र अहिले पनि कतिपयका घरमा देख्न सकिन्छ ।
त्यस पुर्व गुल्मी वल्ढेङ्गगढीको अधिनमा छँदा यहाँका मगरहरुको आपनै भाषाल लिपी , धर्म संष्कृति थियो । पाल्पा जिल्लाको सदरमुकाम तानसेनबाट १४ कोष दुरीमा पर्ने वल्ढेङ्गगढीमा मगरहरुका मुखिया अर्थात राज वलिहाङ्गले राज्य गर्दथे । उनै राजा वलि वलिहाङ्गले वल्ढेङ्गगढीको निर्माण गरेका थए । पछि वलिहाङ्ग राज मृत्युको मुखमा पुगेको खवरले स्तब्ध सारा जनताले रातभरी द्यौसी गाएर नाचगान गरेर उनलाई लिन आउने जेमराजबाट प्रति रक्षा गरेका थिए । तिनै संस्थापक राज वलिहाङ्गको सम्झनामा मगरहरुले खास चाड तिहार मनाउने गरेका थिए । उनको शेखापछि मगरहरुका अन्तिम राजा रनविर राना मगर भएको पाईन्छ ।
पाल्पाका सेन वंशीय राज्य काल पुर्व वल्ढेङ्गगढी राज्य निकै शक्ति शाली थियो । तर जव विक्रम संवत १४९३ मा गुल्मी चारापाला, १५५० मा पाल्पा, १४९० मा अर्घा, १४९२ मा खाँची, १४६५ मा धुर्कोट , १५५० मा मुसिकोट, र ईस्मा राज्य स्थापना भयो तव वलिहाङ्ग राजालाई एक्लो पारियो र एकैचोटी हमला गरेर ध्वस्त पारियो । अनि त्यो राज्को सवै यभुमि ति भुरे टाकुरे राजाहरुले वाडे । त्यसको धेरै भुमि पाल्पाले लियो । तराईको थोरै भाग खाँचीलाई दिईयो । वल्ढेङ्गगढी गुल्मीलाई हाता लाग्यो अर्घालाई खासै उपलब्धी भएन । ईस्मा र मुुसिकोटलाई पनि लाभ पुगेन । खिदिमका विषयमा भने कुरा नमिलेपछि गौतम थरका व्राम्हणलाई कुश विर्ताका रुपमा जमिन दिईयो ।त्यस पछि गौतम व्राम्ह्ण श्रीथरका परिवार खिदिममा वस्न थाले । उनैले पुजा पाठ चलाएका थिए । पछि पाल्पाका राजा महादत्त सेनले विक्रम संवत १८४२ मा गुल्मीलाई परेको त्यो वल्ढेङ्गगढी पाल्पा मै ाी पाल्पामै हडपीए । त्यसै कारणले विक्रम संवत १८६० सम्म गुल्मी पाल्पाको सम्वन्ध चिसीएको थियो ।
गुल्मी वाईसी चौविसी राज्य मध्ये पाल्पा, प्युठान र पर्वत भन्दा अलि सानो तर अन्य भुरे टाकुरे राज्य भन्दा ठुलो थिायो । यस राज्यका प्रथम राजा विर शाह पछि क्रमशः रुद्र शाह, किर्ति शाह, शाही शाह, किर्ति ्कल्याण शाह, सत्यधन शाह, शिवनाराण शाह, महादत्त सेन, पृथ्वीपाल सेन, शिद्धिप्रताव शाह, शक्तिप्रचण्ड शाह, रहेका थिए । गुल्मीको पहिलो जड्या राजाका रुपमा अर्जुन लेकका कैतब्य राजा थिए उनलाई जाँडे राज भनिन्थ्यो र उनि वरियाताकी वेहुलीको सतित्व हरण गरेर अत्यचार गरेपछि उनलाई हटाएर शाही ठकुरीलाई राज्य सुम्पेको जनश्रुति पाईन्छ ।
चारपाला गुल्मी राज्यको प्रशंग उठाउदा मुसिकोट राज्यकोलाई नसमेट्नु अन्याय हुन्छ । किन कि मुसिकोट राज्य नेपाल एकिकरण पछिको महत्वपुर्ण राज्य हो जुन राज्य सिंश वशंका विजय सिंहले विना रक्तपात विजय हाँसिल गरेका थिए । मुसिकोट नामकरणको पनि आफनै रोचक किमदन्ती छ । मुसिकोट दरवार निर्माणका लागि रैतिहरुबाट अनाज मानो मुठी उठाएर जम्मा गरियो । मुसाहरुले त्यो अनाज खानका लागि सुरुङ्ग खनेर वन्न लागेको दरवार पनि भत्काई दिए । पछि गणेशको पुजा गरेर मुसाहरुलाई शान्त पारियो र त्यो दरवारलाई मुसाकोट हुँदै मुसिकोट भन्न थालिएको जन श्रृती छ । मुसिकोट दरवारमा ऐतिहासिक हात हतियार, ईष्ट देवि र खड्गदेवि रहेकी छन् । जहाँ तत्कालिन मुसिकोट राज्य अन्तरगतका मानिसहरुले अहिले सम्म पनि बढो आस्था पुर्वक चैते दशै र वढा दशैमा पुजा गर्ने गर्दछन् ।
मुसिकोट राज्यको तत्कालिन सिमना पुर्वमा चन्द्रकोट , उत्तरमा गलकोट, पश्चिममा ईस्माकोट र दक्षिण्मा चारपाल गुल्मी राज्य थियो । उसको राज्य अलाङ्ग कोट, वामीटक्सार, मलारानी, कुर्घा, दोभान, पेंंंगा खर्वाङ्ग दजाकोट, वडागाउँ, डाँडाथोक, जेघा, काफलठुटा, धरपपानी, मैदान, जलजले, हस्तीचौर, पालुखा, मल्दी, अमराई, वाङ्गे, बुढाथोक, खस्थोक तोलादी, लगायतका गाउँहरु पर्दथे । मुसिकोट राज्यमा सिंह वश अघि गुरुङ्ग राजाले राज्य गर्ने गरेको जन श्रृती पाईन्छ ।
गण्डकी क्षेत्र मगरहरु भएकोमा कसरी गुरुङ्ग राजा भए त भन्ने सवालमा अभिलेख अनिभिज्ञ रहे पनि पछि सारु मगरहरुले विद्रोह गरी ति गुरुङ्ग राजालाई मुसिकोट देखि तल बढिघाट खोलाको रहमा लगेर मार्ने षडयन्त्र गरियो । एक दिन उनिहरुले वामी टक्सार तल पर्ने भर्लारुखाको रहमा लगेर सुनको माछा छ भनि हेर्न लगाए । डिलमा बसेर हेर्न लागेको बेला सारु मगरहरुले घुचडेर मारेको किमदन्ती छ । पछि सारु मगहरुवाट पनि जनता सन्तुष्ट हुन नसकेपछि राजपुतहरु कै लहर चलेकोले विना रक्तपात प्रथम राजाका रुपमा विजय ंिसंहले विक्रम संवत १५५० मा मुसिकोट राज्य स्थापना गरेको अभिलेख भेटिन्छ ।
मुसिकोट दरवार भने विक्रम संवत १७१८ मा उनको पुस्ता विरकुशन सिंहले निमार्ण गरेका उल्लेख छ । मुसिकोट संगै ईस्मा र धुर्कोट राज्य स्थापना भएको पाईन्छ । सिंह वंशका जेठा ईस्माकोटमा , कान्छा मुसिकोट र उनका ज्वाईले धुर्कोटमा राज्य गरेको जन श्रुति छ । पछि धुर्कोटे राजाकी छोरी ईस्माली राजाले विवहा गरेको र हालको अमरपुर १ मा रहेको वुल्म गाउँ दाईजोमा दिएको जनश्रुतु छ । त्यस दाईजो काण्डले वुल्म गाउँ र चौरासी फाँटका विषयमा धुर्केटे जनता र ईस्मली जनता विच ठुलो तनाव चलेको ईतिहासमा उल्लेख छ । किरण पुस्ताकालय तम्घासबाट प्रकाशित हाम्रो पुरुषार्थमा पनि यि कुराहरु उल्लेख छन् । मुसिकोट राज्यका अन्तिम स्वतन्त्त राजा तिलक चन्द्र सिंह थिए । उनका छोराहरु मध्ये केहि तोलादीमा, केहि कुर्घा, बडागाउँ, त कोहि महेन्द्र नगरमा वसोवास गर्ने गर्दछन् । मुसिकोट कोटमा दशैमा गरिने पुजाको टिका भेदी विक्रम २०१४ साल सम्म नेपाल सरकारकहाँ पठाउने चलन थियो । मुसिकोट राज्यको स्थित मिलाउनका लागि विक्रम संम्वत १८९५ मा तत्कालिन श्री ५ राजेन्द्रविक्रम शाहले लालमोहर लगाएका थिए । नेपाल एकिकरणको वेला मुसिकोट राज्य हमलाका लागि नायवबहादुर शाह, काजी जिवन शाह, सुव्वा जोग नारायण मल्ल सहित पल्टन लिएर विक्रम संवत १८४३ अश्विन ५ गते आएका थिए तर नेपाली सेनाले मुसिकोटे सेनासंग भिडन्त नै गर्न परेन् । त्यति बेला हाल पौदी अमराईको वाङ्गे भन्ने स्थानमा नेपाली सेनाको मुकाम भएको थियो र मुसिकोटे राजाले त्यही राज्य सुम्पेका थिए । मुसिकोटे राज्यमा त्यतिबेला २ हजार जनता थिए । त्यसैले पनि पछि सम्म दुई हजार मुसिकोट चार हजार ईस्मा भन्ने गरिन्थ्यो ।
मुसिकोटे राज्यमा भारतको गुजराँत चितौर डढबाट सिंह वंशहरु आएर सारु मगरहरुसंग घनिष्ट संवन्ध स्थापित गरि राजकाज चलाएको उल्लेख छ । उनिहरुका साथमा पंगेनी थरका व्राम्हण, गोदार थरका थापा क्षेत्री, मुनाल, नगर्ची, दर्जि, कामी, मुडाल कार्की, कलेशी घर्ति, कुमाल सहित रामपुर पाल्पाको वाटो हुँदै आएको गुल्मीको ऐतिहांसिक झलक पुस्तकमा उल्लेख छ । त्यस्तै ईस्मा राज्य ४ हजार कुरियाको थियो । विक्रम संवत १५५० मा राजा चन्द्र वंसी काश्यप गोयत्रका सिंहले ईस्मा राज्यको स्थापना गरेका थिए । यो राज्य २४ मौजाको थियो ।
पुर्वमा मुसिकोट, पश्चिममा अग्लुङ्गको झिमरुक सम्म उत्तर वाग्लुको ग्वालीचौर, दक्षिण धुर्कोट सिमना थियो । ईस्मा राज्य सिंह ठकुरीहरुको प्रव्रेश नहुँदै भट्टधारी अज्र्याल थरका व्राम्ह्णहरुले राज्य गर्दथे । अज्र्याल थरका राजाहरुको नाम यस प्रकार छ ः प्रथम राजा च्वानराज भट्ट अज्र्याल, कुशानराम भट्ट अज्र्याल, विष्णुराज, प्रभाकरराज भट्ट अज्र्याल । राजा प्रभावकर भट्ट शालिन स्वाभावका थिए । तसर्थ उनले चारपाल राज्यबाट वाहिरिएका सुरुसिंह नामका एक राजपुतलाई ईस्मा राज्यमा शिक्षा दिक्षा दिई र राज्य संञ्चालनको मन्त्र समेत दिएका थिए । उनैलाई अंगतसिंह राव पदावदी दिएर राजकाज सुम्पेका थिए । उनि देखि १२ पुस्ता सिंह वंशका राजाहरुले राज्य चलाएका थिए । अज्र्यालहरुले त्यसरी ठकुरीहरुलाई राजकाज सुम्पेपछि ईस्मा राज्य लपुस्ता सम्म स्वतन्त्र सञ्चालन भएको थियो ।
सिंह वशंका अन्तिम राजा गोविन्दसिंह राठौरको पालामा विक्रम संवत १८४३ अशौज ३ गते नेपाली सेनाले ईस्मा राज्यमा हमला गरेर विजय हासिल गरेकाको थियो । चौविसी राज्यहरुको तुलनामा ईस्मा राज्य ठुलो र वलियो थियो । ईस्मालाई नेपाली सेनाले कब्जा गर्दा राजा गोविन्दसिंह राठौर भाग्ने पक्ष पनि रोचक नै छ । उनि ईस्माको त्यस्तो भिर पहरो चुचोरबाट झयाम्मै हाम फाल्ने उपाए पनि देखेनन् । उनको पालो पधेरोमा पानी भर्न आउने महिलाहरुको भेषमा पार हुने कोशिस गरे । त्यो कुरा नेपाली सेनाले चाल पाई सकेकोले सफल हुन सकेन । त्यसपछि उनि वाँसको भरे लगाई आफुले पानी खाने रानी कुवामा पुगे । त्यही वेलामा नेपाली सेनाले ईस्मा दरवार कब्जा गर यो । त्यति बेला ईस्मली राजा गोविन्दसिंह राठौरले दरवारमा शंकरे राना र हरिभाने सार्कीलाई पहरा दिन लगाएका थिए । उनिहरुसंग नेपाली सेनाको एक छिन भिडन्त चल्याो । २ सय जना नेपाली सेनाको आक्रमणवाट राना र सार्की सहित ५० जना ईस्मलीले ज्यान गुमाएका थिए । त्यसपछि राजा पलायन भएका थिए । राजा गोनिन्द सिंहका पलाती प्रियाजांिसंह भारतमा थिए उनको पनि हत्या गरियो । पछि ति राजखलक पलायन भएपछि गजाधर अज्र्यालले ईस्मा खड्गदेविको पुजा चलाएका थिए । गोविन्द सिंहका पालाका कागजात सवै जलेर नष्ट भएकोले त्यस अघिको अभिलेख कोटमा छैनन ।
ईस्मा राजाको एउटा लोक ईतिहास के छ भने राजा गोविन्दसिंह राठौरका एक छोराले विक्रम संवत १८४२ मा सल्यानी राजकी छोरी विवहा गरेका थिए । विवहा गरी ल्याउँदा महिनौ लाग्यो । महिनौं सम्मको यात्रामा जन्त गएका जन्तीहरुले थाकेर भन्ने गरेको उखान अहिले सम्म पनि प्रचलित छ–‘ठकुरीको जन्त नजानु जोगीको मलामा ।’ त्यसरी डोली चढी फर्किदा दुलहा चढेका घोडा तर्सिदा कोट पारी पटी पर्ने भिरबाट घोटा खसेर उनि ठहरै भए ।  त्यस घोडा खसेको ढु को आकृति अझै पनि देख्न सकिन्छ । अशुभ त्यसले दुलहा खाई जस्ता तिखा वचन सल्यानी राजाकी छोरीले सहनु पर्दा पछि सम्म ईस्माली राजा र सल्यानी राजाको सम्वन्ध चिसो थिया्े । नेपाल राज्यले ईस्मामा अधिन जमाए पछि ईस्माका राजा लुक्दै राल्यान राज्यको बडागाउँममा गएर आश्रय लिए । ईस्मा सल्यानको पुरानो सम्वन्धको सम्झना दिलाउने सल्यानको त्यस गाउँलाई जिमाली गाउँ भनिन्छ किन कि ईस्माबाट पलायन उनलाई सल्याननी राजाले जिम्वाली गर्न दिएका थिए । त्यस्तै धुर्कोट राज्यः धुरी जस्तो आकार भएको डाँडाको टाकुरीमा दरवार थियो । खडग देवि रहेको त्यस स्थानलाई धुर्कोट नाम दिईयो । त्यहाँ सुर्यवंशी कायश्त्रका मल्ल चौतारिया घरानका राजाले राज्य गर्दथे । ७ सय घर धुरी पुर्कोट राज्य १४६५ मा स्थापना पुर्व त्यहाँ एक जड्या राजाले राज गरेको जनश्रृती छ । उनलाई जनताले मन नपराई अपदस्त गरेर मल्ल ठकुरीलाई राजकाज चलाउन दिएको पुस्तकमा उल्लेख छ ।
भनिन्छ धुर्कोटका मल्ल राजा जुम्लाबाट आएका हुन । उनिसंग जुम्ला कै तारु जोसी, रतन पाडे, मैते धामी, डोटे ढोली, धनविरे कुमाल, लाम्टे कामी, गदले गायन, पिरु मिझार, शिकारको खेदो गर्दै आएका थिए । राजाका भारदारहरुमा खडग क्षेत्री, भण्डारी, आचार्य, पोखेरल, पन्थी, थापा, घर्ति, जोसी र कुँवरहरु आएका थिए । अहिले पनि त्यस धुर्कोट र पुर्कोटमा उनै समुदायको बाहुल्य छ । धुर्कोट मौजामा थापा , घर्ति र क्षेत्री तालुकदार जिम्वाल र मुखिया थिए । जैसीथोक मौजामा खत्री क्षत्री जिम्वाल, मुखिया थिए । वस्तु मौजामा भण्डारी जिम्वाल, मुखिया थिए । आप्रा मौजामा पन्थी र वर्दावासका जोगीहरु तालुकदार थिए । वाग्ला मौजामा पनि जोगीहरु तालुकदार थिए । अजमिर मौजामा जोसी व्राम्ण तालुकदार थिए । गाडवारी वन्जे अर्थात हालको पिपलधारा मौजामा महत क्षेत्री तालुकदार थिए । सोवर भवरे अर्थात हालको हाडहाडेमा मगरहरु तालुकदार थिए । सुफल मौजाका मुखिया खनाल व्राम्हणहरु थिए । नयाँगाउँ मौजाको विर्तामा मल्ल ठकुरीहरु तालुकदार थिए । वुल्म मौजामा मुखियाहरु तालुकदार थिए । टिमुर खर्क मौजामा क्षेत्रीहरु तालुकदार थिए । यसवाट पनि अजाको नेपाल र नेपाली जनताले पुरानो पढिबाट सिक्नु पर्छ कि जुन स्थानमा जुन समुदायकाृे बाहुल्य छ उसलाई नेतृत्व दिनु पर्छ । धुर्कोटका प्रथम राजा खडगराज थिए । धुर्कोटका कर्णेल शम्शेसबहादुर मल्लका अनुसार त्यस पुर्वका जड्याराजालाई खडगाबहादुर मल्लले कुस्ती खेली मल्ल युद्धद्धरा परास्त गरी राज्या हातमा लिएका थिए ।
विक्रम संवत २०५८ सालमा धुर्कोट वस्तुका भण्डारीहरुले कुल पुजा गर्दा ५ सय ८ वर्ष भएको थियो । यसरी राजा गडगबहादुर मल्लसंगै जयद्रथ र जितु नामका भण्डारी त्यहा आएको अहिले स्वा पाँच सय वर्ष भन्दा अघि रहेछ भन्ने पुष्टी हुन्छ । धुर्कोट राज्यको ईतिहासमा राजा मनिक मल्ल गडगराज मल्लका उत्तारिकारी थिए । त्यो कुरा उनका दरव वटी छोरीहरुबाट थाह भएको हो । उनकी छोरी सरुवतीको विवहा कास्कीका राजकुमार जलाल शाहसंग भएको थियो अनि उनकी वहिनी वस्न्तीको विवहा माईला राजकुमार कालु शाह संग भएको थियो । एउटा त्थ्य के छ भने पछि सम्म पनि गुल्मी र कास्कीका गन्र्धवहरुले सानैमा विवहा भएर कास्की गएका ति धुकार्टे राजाका चेलीहरुको विलौना गाउने गर्दथे । १२ वर्षको उमेरमा विवहा गरेर ल्याईएकी धुर्कोट राजाकी चेली माईती आउने सर समान तयार गर्दा अपशकुन देखा पर्छ । जसो तसो पतिका साध धुर्कोट माईती आई पुग्छीन् । उनकी आमा मरी सकेकी हुन्छीन । सौता आमाले रिसले उनलाई र ज्याईलाई विस हालेको खान दिएर मारि दिन्छीन् । धेरै पछि सम्म पनि परा पुर्वकालको त्यो वियोगन्त कथा स्वर मै रानी भन्ने भाकामा गन्र्धहरुले गाउँदा सवै आँखामा आँशु बग्ने गर्दथ्यो भन्छन् बुढापाकाहरु ।
जिर्णोद्वार सम्पन्न पस्चात एतिहासिक चारपाला दरबार । 
राजा भुपेन्द्र मल्ल नै धुर्कोट राज्यका अन्तिम राजा थिए । उनले विक्रम संम्वत १८४३ असौज १३ गते नेपाली सेनावाट पराजित भई राज्य सुम्पेका थिए । उनी ठुलो रक्तपात निम्ताउनु भन्दा बरु लुत्त भाग्न ठिक मानेर वारी नयाँगाउँमा आई लुकेका थिए । उनै भुपेन्द्र मल्लका सन्ततीहरु अहिले पनि नया गाउँमा छन् । जिल्लाका यि मुख्य कोटहरुका अलवा अन्य भुरे टाकुरे राज्य, मौजाका कोट मन्दिरहरु पनि अस्तीत्वमा छन् । जस्तै मरभुङ्ग कोट , घमरि कोट वलिथुमकोट, उजङ्गु कोट पल्लीकोट वम्घाकोट, पौदीको थामडाँडा कोट, दुविचौर बुढी झिर्मी कोट, सिमीचौर कोट, पुर्कोटदह कोट, लगायत प्राय वर्तमानका े प्रत्येक गाविसमा भएका कोटहरुमा दशै पुजा चलिरहेका छ ।
विशेषतः चार पाला दरवार, मुसिकोट, ईस्माकोट, धुर्कोट, र चन्द्रकोट जिल्लाको एतिहासिक, पुरातात्तिक महत्व वोकेका कोटहरु मात्र नभई पर्यटकिय विकासको प्रवल सम्भावना बोकेका सुन्दर टापुहरुमा अवस्थित कोटहरु भएकोले चारपला दरवार जस्तै संरक्षित र पर्यटकिय विकास समेत राज्यले गर्न जरुरी देखिन्छ । जिल्लाको ऐतिहासिक तपो भुमि रेसुङ्गा, चार धाम मध्ये एक धाम धार्मिक क्षेत्र रुरु, शालिमे दह, कुर्घा मालिका, मदाने लेक, वस्तुको विचित्र गुफा । सत्यवती लेक, लगायत पर्यटक आकार्षित गर्ने थुप्रै स्थानहरु छन् ।

कविता

Published on: //
-कल्पना पौडेल " जिज्ञाशु "

रहर जाग्यो
मलाइ तिमी आफ्नो बनाउने रहर जाग्यो
कतै तिमीलाई पाउने मेरो त्यो रहर
तिम्रो लागि कर बन्न
त पुग्दैन ?
जिन्दगीको आधा यात्रा काटिसकेँ पछी
दोबाटोमा तिमी भेटिन पुग्दा
बर्षौ देखि उकुस मुकुस भएर
गुम्सिएका इच्छाहरु सल्बलाउँदै
जाग्न थाले अनि तिमीलाई केवल
मेरो मात्र बनाउने रहर
जाग्यो
तिम्रो उदारबादी भावना र महान
व्यक्तित्वको धनि गुण र रुपले
झपक्कै बलेको चाँदको एक
टुक्रा जस्तो
स्वरूप देखेपछी यो मन चुम्बकले
फलामलाई ताने जस्तै तिम्रो यौवन प्रति
आकर्षित हुँदै गएँ
तिमीलाई पाउँ भन्दै भित्र भित्रै एक्लै
मरिमेट्दै गर्दा कतै तिम्रो जीवनमा
मेरो अस्तित्व धुमिल बन्न पुगेको त
छैन ?
मेरो पिडै पिडाले भरिएको पाइला पिच्छे
 तेजिला धार बिछाइएका एक्लो यात्राले दिएको चोटले
बगेका आशुहरु पनि तिम्रो एक झल्कोले तप्प नयनमै
अडिन्छन र
मेरा ओठहरुमा मुस्कान खुल्छ
भने
म त्यो खुशी हासिल गर्नको लागि हजारौँ मुस्किल
र लाखौ चुनौतीसंग लड्दै सामना गर्न तयार छु
किनकि तिमी मेरो स्वामिप्य भएको आभाष बिना
म हास्न भुल्नेछु तिम्रो साथ बिना बाँच्न भुल्नेछु
त्यसैले
म तिम्रो जीवनमा प्रेमको सुगन्ध छर्दै मनभरि
फूल्न चाहन्छु अतित वर्तमान सबै बिर्सेर तिमीमै
समर्पित हुँदै एउटा सुनौलो जीवन जिउन चाहन्छु
तर यी मेरा सपना र रहर हरु तिम्रा लागि कर
हुन पुग्छन भने
सारा सपना तोडीदिन्छु
रहरहरु फोडीदिन्छु
जिन्दगीको यात्रा नै मोडीदिन्छु
तिमि बिना बाचू म कसरि यो
दुनिया नै छोडी दिन्छु

गैडाकोट ४ नवलपरासी
हाल इजरायल

गजल

Published on: //
-राम प्रसाद पाण्डेय 
आफु आफैमा फुट हुँदा यँहा दाउ हेर्छ भारतले ।।
सगरमाथा र बुद्धको यँहा नाउँ हेर्छ भारतले।।

गार्खाली बीर बुद्धु भइयो आफु आफु लडी लडि
मौका छोपी चोट दिने यहाँ घाउ हेर्छ भारतले ।।

टनकपुर, कालापानी, सुस्ता सीमा लुटि सक्यो
खोजी खोजी लुट्ने छल्ने ठाउँ हेर्छ भारतले ।।

सत्तामुखी हाम्रा नेता देशका लागि बोल्दैनन् कहीँ
देश चल्छ उतैबाट नेताको यहाँ भाउ हेर्छ भारतले ।।

बल बुद्दी तागत हैन खाँचो भो हाम्लाई एकताको
हामी मिले हाम्रो शिर हैन पाउ हेर्छ भारतले ।।

तम्घास, गुल्मी

तीजको शुभकामना (तीज गीत)

Published on: //
-कल्पना पौडेल "जिज्ञासु"

तीजको सबैलाई दिँदै शुभकामना 
दाजुभाई दिदीबैनी अभिवादन 
फेरी पनि आयो बरै तीज घर आँगन 
माइती घर सम्झेर रुन्छ यो मन 
धेरै बर्ष भै सक्यो प्रदेशमा आएको 
छैन मैले तीजको दर खाएको 
सन्तानको भबिस्य राम्रो होला भनेर 
बसेकी छु नेपाल जाने दिन गनेर 
बाध्यतामा फसेकी छु देशमा छैन रोजगार
श्रम शोषण दमन हिंसा सहँदै अत्याचार 
यौटी चेली बेचिइन रे अर्की यौन सिकार 
महिलाको जीवन बर्बाद भयो बेकार 
ज्यान जोखिममा राखेर बिदेशिन परेको 
छैन अझै गरीबको दु:ख हरेको 
नयाँ सत्ता फेरीए, नेताहरु मोटाए 
देश बनाउने युबालाई बिदेश पठाए 
ढुकुटी कुम्ल्याउँदा नि छैन तिनलाई अमन 
गरीबलाई बस्ने खाने दिनै आएन 
फर्कौ अब प्रदेशी आफ्नै देश बनाउन  
सकिएन प्रबासमा कहिल्यै रमाउन

 गैँडाकोट-४,  नवलपरासी
 हाल:इजरायल

गजल

Published on: //
-राम प्रसाद पाण्डेय
जुन जस्तै तिम्रो मुहार भन्दिन भो औंशी छर।
फुल जस्तै जवानी त्यो भन्दिन भो ओईली झर ।।

जँहा तिम्लाई खुसी मिल्छ त्यहीँ तिमी गए हुन्छ।
कर गरी जबरजस्ती भन्दिन भो बिहे गर ।।

अरुसँग साइनो लगाई पराई तिमी भए पनि ।
मै सँग नाता जोडी भन्दिन भो बसाँई सर ।।

आफ्नो जोहो आफै गर्छु जसो तसो गरि कन ।
एक्लै जिउने प्रयास गर्छु भन्दिन भो पर्छु भर ।।

सोध्नु तिम्रो कर्तब्य हो कमजोरी त मेरै थियो ।
छोडि गए नि तिमी, भन्दिन भो गयौ पर ।।

जुन जस्तै तिम्रो मुहार भन्दिन भो औंशी छर ।
फुल जस्तै जवानी त्यो भन्दिन भो ओईली झर ।।


तम्घास गुलमी

मेरो रेसुङगा बचाईदेउ

Published on: //
-संगिता कुवँर 

मलाई बचाई दिने मेरो रेसुङगा बचाईदेउ,
म रोएर केही हुँदैन  मेरो रेसुङगा हँसाईदेउ ।।

सुन्दै छु यता कता रुँदै छ रे रेसुङगा 
बचाओ भन्दै रुँदै छ मेरो रेसुङगा बचाईदेउ ।।

पबित्र भनेको त दुषित बन्दै छ रे आजकल 
अब त केही गर्नु प¥यो मेरो रेसुङगा बचाईदेउ ।।

यति सुन्दर प्यारो रेसुङगा अन्त कहाँ पाउनु,
धेरै समस्याबाट रुँदै छ मेरो रेसुङगा हसाइदेउ ।।

खोक्रा भाषण छाडीदेउ अब सास मात्र छ रेसुङगाको,
अब त ढिला भइसक्यो छिटो मेरो रेसुङगा बचाईदेउ ।।

खै कता गए मेरो रेसुङगा भनेर गौरव गर्नेहरु
आफु सक्दो गरेर भए पनि मेरो रेसुङगा हसाइदेउ ।।

रेसुङगासंगै रुँदै छन् यहाँका ऐतिहासिक स्थल,
यस्ता सबै स्थल संगै मेरो रेसुङगा बचाईदेउ ।।

-रेडियो स्काई गुल्मी

कविता: सोँचे जस्तो रहेनछ विदेश

Published on: //
-यम लाल बेलबासे 
सोचेको जस्तो रहेनछ विदेश, दु:ख कठिनाइ मात्र रहेछ यहाँ ।
घरको याद आउछ अती, के गर्दै होलिन्न प्रियसी त्यहाँ ।।

दिन त जसरि तसरी काटिन्छ यहाँ, रात काट्न साह्रो भो ।
गाउँको याद प्रियको साथ, भुल्नलाई गाह्रो भो ।।

ति मेरी आमा, ती मेरा बाबा, झन् बुढा भा होलान् ।
दु:ख बिमार पर्दा हेर्ने कोहि छैन मलाई सम्झी रोहोलान् ।।

ति लाला बाला के गर्दै होलान्, चाडबाड आउँदा ।
मै आउने बाटो हेर्दा होलान् कोहि लाहुरे आँउदा ।।

जुन लक्षय बोकी आको थेँ प्रदेश भएन त्यो पुरा ।
फर्कदैँ छु यो मरुभुमिबाट खाली झोला बोकेर ।।

               गुल्मी दिगाम
               हाल- बहराइन

आमा के गर्दै होलिन् (कविता)

-संगिता कुँवर
मलाई संसार देखाउने मेरी आमा के गर्दै होलीन् ।।
खै बनपाखा घासँदाउरा मेलापात काम गर्दै होलीन् ।।
गर्ब छ मलाई जन्मन पाएकोमा तिम्रो काखमा आमा,
पाँच सन्तान प्रशवको पिडा कसरी काम गर्दै होलीन् ।।

सत्य र न्यायको सधै पछि हिँडने, राम्रो कुरा सिकाउने,
मिहिनेत र सहनशिल आमा सत्यको बिउ छर्दै होलीन् ।।
तुलना गर्दा मेरी आमा भन्दा ठुलो कोही छैन् संसारमा
आफनो सन्ताको खुसीका लागी जिउदै मर्दै होलीन् ।।

कठै भन्ने कोही छैन् आफनै कामा व्यस्त छन् सबै,
लिपपोत गोठ धन्दा सकि पधेरीमा पानी भर्दै होलीन् ।।
इज्जत र अस्मिता किनेर आउदैन भन्ने मेरी आमाको सन्देश,
महान त्यहि सन्देश संगै समाज परिर्वतनमा लड्दै होलीन् ।।

महान मेरी आमा तिम्रो सपना पुरा गर्नुछ मलाई,
सन्तानको उन्नती र प्रगतिको सपना देख्दै होलीन् ।

रेडियो स्काई, तम्घास गुल्मी 

गजल: आउ है घुम्न गुल्मी

Published on: //
- रामप्रसाद पाण्डेय
रुरु क्षेत्र स्वागत गर्छ, आउ है घुम्न गुल्मी
रेसुंगाको माया सर्छ ,आउ है घुम्न गुल्मी

प्रकृतीको अनुपम यो, सम्पदाको खानी 
सौन्दर्यले मख्ख पार्छ, आउ है घुम्न गुल्मी

मठ-मन्दिर गुफा र कोट, तिर्थ हजार छन्
उदास मनमा खुसी भर्छ, आउ है घुम्न गुल्मी

हरियाली छ जताततै, हावा-पानी शुद्ध
स्वर्गको आभास छर्छ, आउ है घुम्न गुल्मी

पारी हिमाल वारी पाखा, सुन्दर नदि नाला
मित्रताले नाता जोड्छ, आउ है घुम्न गुल्मी

पबित्र जल गंगाजीको, ऋष्य तपोभुमि
पाउ टेके नि धर्म बढ्छ, आउ है घुम्न गुल्मी

तम्घास गुल्मी
भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग