Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी सेवा समाजद्वारा कतारमा सम्मान

Published on 2:37:00 PM //

तिहारको अवसरमा कतारमा आयोजित देउसी-भैलो कार्यक्रममा आर्थिक सहयोग गर्नेहरूलाई गुल्मी सेवा समाजले सम्मान गरेको छ ।
टमर्फम होटलमा आयोजित समारोह समाजका अध्यक्ष्ा द्रोणबहादुर बस्नेतको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली दूतावासका प्रथम सचिव रामकाजी खड्कालेदेउसी भैलो कार्यक्रमको प्रशंसा गरे । विदेशमा पनि नेपाली संस्कृतिको रक्षा गर्न विभिन्न संघ संस्थाहरूले गरेको प्रयासको सराहना गर्दै खड्काले यस्ता कार्यहरूले राष्ट्रिय एकता तथा मेलमिलापम बल पुगेको बताए । समाजका सचिव भानुभक्त सापकोटा, भीम तरामु एवं संरक्षक तिलक शाहीसहित पूर्व अध्यक्ष्ा एवं वर्तमान सल्लाकार लक्ष्मण पौडेल, गैरआवासीय नेपाली संघका सचिव एवं विषेश अथिति सागर नेपाल, टीबी कार्की आदिले पनि आफ्ना कुरा राखेका थिए ।

सर्वाधिक आर्थिक सहयोग गर्ने कञ्चनपुरका इन्जिनियर कोमल सिंहलागायतलाई खादा ओढाएर तथा सम्मानपत्र प्रदान गरिएको थियो । गुल्मी सेवा समाजले दुतावासको आश्रय स्थलमा रहेका पिडित मध्ये एक जना तथा लामो समयदेखि कतारको जेलमा रहेका अन्य दुई जना गरी नेपालीलाई देश फिर्तीको लागी टिकट दिने घोषणा समेत गरिएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग