Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भिरबाट लडेर दुई जनाको मृत्‍यु

Published on 4:50:00 PM //

Gulmi Darshan

गुल्मी जिल्लाको दुई छुट्टाछुट्टै स्थानमा भिरबाट लडेर दुई जनाको मृत्‍यु भएको छ । बलिथुम गविस वार्ड न ८ निवासी ४५ बर्षिय कुल बहादुर पल्लिको बिहीवार साँझ घरबाट गाइगोठ जाने क्रममा लडेर मृत्‍यु भएको हो । रातको समयमा गोठ जान हिंडेका पल्लीको बाटो चिप्लो भएको कारण लडेर मृत्‍यु भएको जानकारी प्राप्त भएको छ । शुक्रबार बिहान पल्लिकी बुहारी पानी लिन पँधेरामा जाँदा भिरमा टर्च लाइट बलेको देखेपछी खोजी गर्दा पल्लिको मृत शरिर फेला परेको थियो । शब बाटोबाट कारीब १ सय ५० मिटर तल भिरमा फेला परेको गुल्मी प्रहरिले जनाएको छ । यसैबिच दुबिचौर गविस वार्ड न १ निवासी लक्ष्मी बिकको पनि भिरबाट लडेर मृत्‍यु भएको छ । ३० बर्षिया बिक उर्लेनिमा रहेको आफ्नो खरबारिमा खर काटेर फर्कने क्रममा लडेर घाइते हुनुभएको थियो । घाइते बिकलाई उपचारको लागि जिल्ला अस्पातल गुल्मी लैजादै गर्दा बाटैमा मृत्‍यु भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग