Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गीत

Published on 8:38:00 PM //


-खहरे

तिम्रो निम्ती सारा खुशी देखाउन सक्छु।
भन्छेउ भने सबै आँशु लुकाउन सक्छु।

आकाश हो पिरती यो,जहाँ पुगुँ आशा हुन्छ।
निरासको रास भित्र मिठासको बास हुन्छ।
तिम्रो निम्ती तिमी भित्रै हराउन सक्छु,
भन्छेउ भने सबै आँशु लुकाउन सक्छु।

आफुलाई जत्ती माया गर्नु पर्छ भने पनि।
तिमीलाई माया गर्दा मर्नु पर्छ भने पनि.
तिम्रो लागि संसार यो गुमाउन सक्छु,
भन्छेउ भने सबै आशुँ लुकाउन सक्छु।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग