Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भवन निर्माणमा अनियमितता

Published on 1:47:00 PM //

घनश्याम गौतम
पशु सेवा कार्यालय को गुल्मीको भवन निर्माणमा ब्यापक अनियमितता भएको पाइएको छ । प्रमुख र लेखापालको मिलेमतोमा अनियमितताका साथै लाखौं हिनामिना भएको कर्मचारीले दाबी गरेका छन् । काम सम्पन्न नहुदै धरौटी खातामा रकम राखेर नक्कली बिल भर्पाई बनाई कार्यालय प्रमुख भेषराज पौडेल र लेखापाल चन्द्रबहादुर बिष्टले हिनामिना गरेको कर्मचारीहरू बताउ“छन् । भवन निर्माणका लागि ठेकेदारसग असार १५ मा काम सक्ने गरी ३६ लाख ६१ हजार ६ सयमा सम्झौता गरिए पनि अहिलेसम्म निर्माण पूरा भएको छैन । कार्यालयले बिनाबिल भर्पाई २३ लाख ५४ हजार निकासा गरिसकेको छ । कार्यालय भवन यस वर्षो कात्तिक महिनासम्म ८५ प्रतिशतमात्र सम्पन्न भएको छ । गत वर्षकार्यालय भवनका लागि ३८ लाख ५० हजार निकासा भएको थियो । 'आर्थिक नियमअनुसार काम सम्पन्न नभएपछि कुनै रकम धरौटी खातामा राख्न पाइ“दैन,' कोष तथा लेखा नियन्त्रण कार्यालयका एक लेखापाल भन्छन्, 'त्यसैले प्रमुख र लेखापालले ठूलै आर्थिक लाभ लिएर रकम धरौटी खातामा राखेका हुन सक्छन् ।'
अनियमितताको आरोप लागेपछि कार्यालय प्रमुख पौडेल भदौ २७ देखि बेपत्ता छन् । प्रमुख कहा गए भन्नेबारे कार्यालय र विभागलाई समेत पत्तो छैन । कार्यालय प्रमुख नै तीन महिनादेखि बेपत्तँ हुदा प्रथम गर्नुपर्ने अधिकांश काम हुन नसकेको निमित्त प्रमुख रामबहादुर थापाले बताए । 'हामीलाई प्रमुखबारे कुनै जानकारी छैन,' थापाले भने, 'विभागलाई कुनै जानकारी गराउनुभएको छैन ।' एक महिनाअघि मात्र थापा निमित्त बनेका हुन् ।
कार्यालयका लेखापाल बिष्टले काम गर्नेक्रममा त्रुटि भएको र ठेकेदारको व्यावहारिकता हेरेर बिल भर्पाईबिना भुक्तानी गरेको स्वीकार गरे । 'यसमा कुनै हिनामिना भएको छैन,' उनले भने, 'असार मसान्तभित्र काम भुक्तानी नगरे रकम फिर्ता जाने भएकाले विभागलाई सोधेर भुक्तानी गरिएको हो ।' तर कार्यालयमा विभागले भुक्तानीका लागि कुनै पत्राचार गरेको छैन । बिष्टले भने मौखिक जानकारी आएको बताए । कोष तथा लेखा नियन्त्रण कार्यालयले र्सार्वजनिक खरिद ऐन, २०६३ विपरीत धरौटी खातामा रकम जम्मा गरेर ठेकेदारस“ग मिलेमतो गरी खर्च गरेकाले अनियमितता भएको जनाएको छ । 'सम्झौताअनुसार समयमै भवन निर्माण सम्पन्न नभएपछि रकम रोक्का गरेर फिर्ता गनर्ुर्ुर्े थियो,' निमित्त कोष नियन्त्रक कर्ण्र्ााादुर जिसीले भने, 'अनियमित भयो भनेर हामीले महालेखा नियन्त्रकलाई समेत जानकारी गरायौं, कुनै सुनुवाइ भएन ।' महालेखा नियन्त्रकले पशु सेवा विभागलाई कार्यालय प्रमुखलाई कारबाही गर्न सिफारिस गरे पनि विभागले कुनै वास्ता नगरेको उनले बताए । 'त्यसैले जिल्ला प्रमुखदेखि विभागसम्म अनियमिततामा संलग्न भएको हुन सक्छ,' उनले भने ।
कार्यालय भवन असार १५ मा नसकिएपछि असोज १५ सम्मका लागि म्याद थपिएको कार्यालयले जनाएको छ । तर कात्तिक महिना सकि“दा पनि भवन सम्पन्न भएको छैन । पशु सेवा कार्यालयका लेखापाल बिष्टले भने भवन सम्पन्न भएको र ४ लाखमात्र भुक्तानी गर्न बा“की रहेको दाबी गरे । कार्यालयको भवन सम्पन्न नह“ुदै आवास तथा सहरी विकास डिभिजन कार्यालय पाल्पाले पनि सम्पन्न भएको सिफारिस गरेकाले भुक्तानी गरेको उनको दाबी छ । तर भवनको बल्ल छत ढलाई गरी वाल लगाउने काममात्र सम्पन्न भएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग