Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पोष्टमार्टमका लागि महिलाको शव काठमाण्डौ पठाइयो

Published on 4:17:00 PM //

मृत्युको कारणमा आशंका भएपछि गुल्मी जिल्लाको वामीटक्सार गाविसकी एक महिलाको शवलाई पोष्टमार्टमका लागि स्थानीय प्रशासनले बुधवार काठमाण्डौ पठाएको छ । गुल्मी जिल्लाको वामीटक्सार गाविस वार्ड नं. ४ निवासी रामचन्द्र सापकोटाकी ३० वषिर्य श्रीमती उमा सापकोटाको शबलाई जिल्ला अस्पतालका दुइ जना डाक्टरको आग्रहमा स्थानीय प्रशासनले विशेषज्ञ डाक्टरबाट पोष्टमार्टम गराउन काठमाण्डौ पठाएको हो । रुखमा झुण्डिएको शव घाँटीमा दुइवटा डोरीको डोब सहित अर्ध नग्न अवस्था रहेको प्रहरीले जनाएको छ । घाँटीमा डोरीको शंकास्पद दुइवटा डोब रहेकाले हत्या भएको आशंकामा जिल्ला अस्पतालका डाक्टरहरु सुदर्शन थापा सहितको टोलीले पोष्टमार्टमका लागि विशेषज्ञ डाक्टरसंग पठाउन आग्रह गरेका थिए ।
सापकोटाको शब मंगलबार विहान उनको परिवारले घर नजिकैको रुखमा झुण्डिएको अवस्थामा फेला पारेको परिवारले जनाएका छन् । मृतक उमा सापकोटा वामीटक्सारकै खड्गदेव प्राथमिक विद्यालयकी शिक्षिका समेत हुनुहन्थ्यो । उहाँका दुइ छोरा र दुइ छोरी छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग