Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

संगीतले तात्यो चक्रेश्वोर मेला

Published on 4:36:00 PM //

प्राय: संगीतिक कार्यक्रम नहुने शान्तिपूर बजार तम्घास बजार जिल्लाको सदरमुकाम तम्घासपछिको दोस्रो ठुलो बजार हो । यहाँ अन्य सबै कुरा पाईन्छ तर संगीतिक मनोरन्जन्को अभाब छ । धेरै युवायुवतीका मुख्बाट यस्तै सुनिन्थ्यो तर अब त्यस्तो छैन । पछील्ला बर्षहरुमा यहाँका युवा-युवतिहरुमा परिवर्तन आएको छ । त्यसो त सागर बोहोरा, दुर्गा पौडेल, बिष्णु खत्री, युवराज आचार्य आदी ख्याती कमाएका, राष्ट्रिय कलाकार जनमाउने क्षेत्र यही हो । पछील्ला बर्षाहरुमा स्थानिय युनेस्को शान्ती क्लबले संगीतिक कार्यक्रमहरुमा सकृयाता बढाएर सबैलाई संगीतिक स्वाद चखाउन थालेको छ । यस् बर्ष पनि बालाचतुर्दशिको अवशरमा थुप्रै राष्ट्रिय कलाकारको उपस्थितिमा पर्याप्त मनोरन्जन लिए यस् क्षेत्रका युवा- युवतीदेखी बुढापाकाहरुले पनि । प्रत्यक बर्ष बालचतुर्दशीको अवसरमा लाग्ने चक्रेश्वोर मेलामा गत बर्षदेखी क्लबले राष्ट्रिय कलाकारहरुलाई ल्याएर मनोरन्जन दिन थालेको थियो । यस बर्ष पनि जितु नेपाल मुन्द्रे लगायत एक दर्जन्भन्दा बढी राष्ट्रिय कलाकारको उपस्थिती थियो । बद्री पङ्गेनी, शिला आले, बिमलराज क्षत्री, बिष्णु खत्री, राधिका हमाल, लक्ष्मी पारीयार, संगिता थापा, श्रीश देवकोटा आदी कलाकारले शान्तिपूरमा थुप्रै संगीतिक कोसेली प्रस्तुत गरे । कार्यक्रममा स्थानिय स्तरका कलाकारहरु उदय पुन, गणेश खत्री, माधव खत्री, बल्बहादुर नेपाली आदिले पनि संगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए । पाँच दिन्सम्म चलेको संगीतिक कार्यक्रममा २५ हजारभन्दा बढीको सहभागीता थियो । कार्यक्रम हेर्न रुपन्देही, बाग्लुङ, पाल्पा, अर्घाखाँची, आदी जिल्लाबाट समेत युवायुवतीहरु शान्तिपूर पुगेका थिए ।
घनश्याम गौतम

Tags:

1 comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग