Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

माओवादीले जग्गा फिर्ता गरेन

Published on 4:36:00 PM //

नेकपा माओबादिले शान्ती सम्झौता बमोजिम कब्जा गरिएका सर्वसाधारणका घर जग्गा फिर्ता गर्ने प्रतिबद्दता ब्याक्त गरेको लामो समयसम्म पनि फिर्ता गरेका छैनन ।
छोराले नेपाली सेनामा जागिर खाएका कारण सात बर्षअघी बिस्थापित हुन पुगेका नेता गाविस ८ निवासी बजिराम पुनको परिवार शान्ती सम्झौता बमोजिम पहिला कब्जा गरिएका घर जग्गा फिर्ता पाउने आशामा घर फर्केपनी निराश बनेका छन । २०५९ साल असोज १७ गते नेकपा माओवादीले घरजग्गा गाईबस्तु लगायत अन्य सम्पत्तिसहित कब्जामा लिएपछी बिस्थापित भएर भैरहवामा बस्दै आएका पुन परिवार नेकपा माओवादी जिल्ला कमिटिको सहमती बमोजिम घर फर्के पनि स्थानिय कार्यकर्ताले अवरोध गरेपछी पुन: बिस्थापित बन्न पुगेका छन । सात दलसँगको चार दिन्सम्मको लगातार छलफल पछीपनी कुनै निष्कर्ष र सहमती हुन नसकेको र कब्जा गरिएको सम्पत्ति मध्य चारवटा कोदालो, गल मात्र दिई आफु खुशी गएको र आफु बिस्थापित नभएको भन्ने जस्ता कागज गर्नुपर्ने शर्त माओवादीले राखेको बताइएको छ ।
सात बर्षसम्म बिस्थापित भई पहिलो पटक घर पुगेका पुन परिवारको एउटा घर भात्किएको अवस्थामा रहेको पीडितले बताए । दुई छोरा भारतीय सेनामा र एक छोरा नेपाली सेनामा कार्यरत पुनले सुरक्षित तवरबाट फर्कन र आफ्नो सम्पत्ति फिर्ता पाउनको लागि जिल्ला स्थित शन्ती समीतिमा निबेदन पेश गरेका हुन् । शान्ती सम्झौता भएपछी पनि नेकपा माओवादीले कब्जा गरेका गुल्मी जिल्लाका गुठीसहित आधादर्जन बढी घरजग्गा अहिले सम्म फिर्ता गरेका छैनन ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग