Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा सम्बन्ध बिच्छेद गर्नेहरुको सङ्ख्या बढ्दो

Published on 4:26:00 PM //

जिल्ला अदालत गुल्मीमा अन्य मुद्दाहरुको तुलनामा सम्बन्ध बिच्छेद गर्न दर्ता गरिएका मुद्दाहरुको सङ्ख्या अत्याधिक बृदि हुँदै गैरहेको छ । ५ -६ बर्ष अघिको तुलनामा अहिले मुद्दाहरुको चाप कम भएको र दर्ता भएका मुद्दहरुमध्ये धेरै सम्बन्ध बिच्छेदका मुद्दाहरु रहेको जिल्ला अदालत गुल्मीले जनाएको छ । भौगोलिक र जनसङ्ख्याको आधारमा मुद्दाहरुको सङ्ख्या कम भएको र मुद्दाको रुपमा अन्य जिल्लाको तुलनामा गुल्मी जिल्लालाई शान्त जिल्लाको रुपमा लिन सकिने जिल्ला अदालतका श्रेस्तेदार खिमनन्द पाण्डेले बताउनु भयो । गुल्मी जिल्लालाई शान्त जिल्लाको रुपमा लिएपनी अदालतले थुप्रै समस्याहरु झेल्नु परेको छ । समयमै म्याद तामेल गर्न तामेल्दारहरुको अभाबका कारण पनि समस्या झेल्नु परेको हो । तामेलदार दरबन्दी एस् जना रहेपनी अहिले ३ जना मात्र कार्यरत छन । भौगोलिक स्थिती र जनसंख्याको आधारमा यो सन्सचना कम रहेको हो । अदालतले गाविस सचिब नपाउनु, जनप्रतिनिधिहरु नहुनु, म्याद तामेल गर्द साक्षी बस्न नमान्नु जस्ता प्रमुख समस्याहरुले गर्दा मुद्दा फैसलामा ढिलाई हुने गरेको छ । अहिले जिल्ला अदालत गुल्मीमा देवानिका १०३ र फौजदारिका ६० गरी एक सय ६३ मुद्दाहरु रहेका छन । असार देखी अहिलेसम्म ३६ मुद्दाहरु फैसला भइसकेको र १ सय २७ मुद्दाहरु बाँकी रहेको अदालतले जनाएको छ । ज्यान मुद्दा, जबर्जस्ती करणी, गौवध र करणिमा सङ्लग्न १० जना पुर्पक्षका लागि कारागारमा रहेको जिल्ला अदालत गुल्मीले जनाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग