Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भलिबल प्रतियोगिताको उपाधि बाग्लुङ्गलाई

Published on 2:44:00 PM //

बालाचर्तुदशीका अबसरमा स्थानीय शान्ति युनेस्को क्लबले शान्तिपुरमा आयोजना गरेको भेक स्तरीय भलिबल प्रतियोगिताको महिला र पुरूष दुवै तर्फको उपाधि बाग्लुङले हात पारेको छ । आयोजक क्लबका अनुसार पुरूष भलिबलको उपाधि युथ फोर्स बुर्तिबाङ र महिला तर्फको उपाधि जलजला खेलकुद विकास समिति बाग्लुङले जितेको हो । जिल्ला भलिबल संघ गुल्मीको समेत सहयोगमा लामो समयपछि आयोजना गरिएको भलिवल प्रतियोगितामा दुइ जिल्लाका गरी पुरूष तर्फ २० र महिला तर्फ ६ टिम सहभागी थिए । जिल्लामा लोपोन्मुख हुँदै गएको भलिबल खेलको विकास गर्न र युवा पुस्तालाई यस तर्फ आर्कषण बढाउन भेक स्तरीय प्रतियोगिता आयोजना गरिएका संघका अध्यक्ष झकबहादुर मिदुनले बताए । प्रतियोगितामा पुरूष तर्फ प्रथमलाई १२ हजार र महिलालाई ५ हजार पुरस्कार राखिएको थियो ।प्रतियोगितामा पुरूष तर्फ बिजय समाजसेवा युथ क्लब दगातुङडाँडाँ, बाग्लुङ द्धितिय र भुमिस्थान युवा क्लब शान्तिपुर तृतिय भए । त्यस्तै महिला तर्फ शिखर युवा परिवार रिघा, बाग्लु· द्धितिय र हेप्पी योङहर्ट मन्यापाटा बाग्लु· तृतिय भएका थिए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग