Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जनताको सकृयातामा बिजुली

Published on 1:54:00 PM //

देशले लोड्सेडिङ्गको मार खेपिरहेको बेलामा गुल्मीका जनताले भने आफ्नै सकृयातामा बिजुली उत्पादन गरी गाउँ नै झलमल्ल बनाएका छन । गुल्मीको एक दर्जन भन्दा बढी गाविसका जनताले स्थानिय स्तरमा लघु जलबिधुत आयोजनाबाट बिजुली उत्पादन गरी आफ्नो बस्ती झलमल्ल बनाएका हुन । आफ्नै सकृयातामा गुल्मीमा झन्डै १ सय ५० किलोवाट बिजुली उत्पादन भएको छ । जिल्लाको वमिटक्सार, मर्भुङ, सिर्सेनी, बाझकटेरी, छपहिले, अर्खबाङ, ह्वाङ्दी, तुराङ लगायतका गाविसहरुमा निजी लगानिबाट बिजुली उत्पादन गरिएको छ । गुल्मीको मर्भुङ गाविसमा निर्माण गरिएको मालिका जलबिधुतबाट आठ किलोवाट बिजुली उत्पादन गरी कारी एक सय पचास घरधुरिले बिजुली बालेका छन । स्थानिय बासिको ३८ लाख बराबरको लगानिमा उक्त पारीयोजन निर्माण गरिएको थियो । गुल्मीमा सानाठुला गरी दर्जनौ जलबिद्युत आयोजनाहरु रहेका छन । स्थानिय स्रोतसाधन र स्थानिय प्राविधिकहरुको सहयोगमा बिजुली उत्पादन गर्ने गरेको स्थानिय प्राविधिक टिका जिसीले बताउनु भयो । स्थानिय जनताको सकृयातामा बिजुली उत्पादन गरेपनी यसमा सरकारले कुनै सहयोग नगरेको स्थानिय बासिन्दाहरुको गुनासो रहेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग