Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

धन्य टेलिकम

Published on 3:46:00 AM //

Gulmi Darshan
तपाईं गुल्मीको मोबाईल वा सिडिएमएमा कल गर्दै हुनुहुन्छ ? यदी हुनुहुन्छ भने तपाईंको कल सफल हुनुको सट्टा "माफ गर्नुहोला तपाईंले सम्पर्क गर्न खोज्नुभएको मोबाइलको स्वीच अफ गरिएको छ," "sorry the resource is not available", "रुटको ब्यस्तताले गर्दा तपाईंको कल सफल हुन सकेन" भन्ने जस्ता आवाजहरु सुनिन्छ आजकाल गुल्मीका टेलिफोनहरुमा । जिल्लामा बाडिएका कारीब आठ सय भन्दा बढी ल्यान्डलाइन, सिडिएमए र नमस्ते मोबाईल फोनहरुमा समस्या देखिएको छ । बिशेषगरी जिल्लाका क्षेत्र नम्बर १ र २ का गाउँ गाउँहरुमा यस्तो समस्या देखिएको छ । बाहिरबाट गर्दा फोन नलाग्ने र सिडिएमए तथा मोबाईलमा नेटवर्क नपाउने समस्या देखिएको छ तर के खराबीले टेलिफोन अवरुद्ध भएको भन्ने बारेमा टेलिकमले पत्ता लगाउन सकेको छैन । ग्राहकहरुबाट धेरै गुनासो आईरहेको छ तर दक्ष प्राबिधिक नहुँदा कमजोरी पत्ता लगाउन नसकिएको टेलिकम गुल्मीका कार्यालय सहायक प्रेम खनालले बताउनुभयो ।

Tags:

1 comment

  1. teti ta sanju ji khai kina ho yeti bewasataa gareko kunni kshyamataaa bhanda badhi kina baadani ? any way how r u sanju?

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग