Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

इन्सेक गुल्मीद्वारा वर्षपुस्तक पूर्वसमीक्षा कार्यक्रम सम्पन्न

Published on 6:02:00 PM //

हीरा कुँवर

अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) गुल्मीद्वारा मानवअधिकार वर्षपुस्तक २००९ को पूर्व समीक्षा कार्यक्रम ०६५ पुस २१ गते सदरमुकाम तम्घासमा सम्पन्न गरिएको छ ।

सन् २००८ जनवरीदेखि डिसेम्वरसम्म भएका मानवअधिकार उल्लंघनका घटनाहरूलाई सार्वजनिक गरी आवश्यक सुझाव एवं प्रतिक्रिया संकलन गर्ने उद्देश्यले राखिएको उक्त कार्यक्रममा वार्षिक प्रतिवेदन इन्सेक जिल्ला प्रतिनिधि हीरा कुँवरले प्रस्तुत गरिन । जसमध्ये एक वर्षभत्र चार ओटा हत्याका घटना, एक अपहरण, चार कुटपिट, दुई बालअधिकार, पाँच महिला अधिकार, एक जातीय विभेद, चार ओटा धम्कीका घटनाहरू सार्वजनिक गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिति एवं प्रमुख जिल्ला अधिकारी टेकबीरजन रायमाझीले कुनैपनि घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्ने प्रतिवद्धता गरे । उक्त कार्यक्रममा विभिन्न राजनैतिक दल, नागरिक समाजका व्यक्तिहरूले आफूहरू मानवअधिकारको संरक्षणमा कटिवद्ध भएर लाग्ने कुरा बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग