Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नजिकको तिर्थ हेला

Published on 3:37:00 AM //

Gulmi Darshan

ऐतिहासिक र धार्मिक महत्व बोकेको भए पनि गुल्मी जिल्लाको तम्घास गाविसस्थित तम्घासस्थान मन्दिर प्रचार-प्रसारको अभावमा अहिले ओझेलमा परेको छ । किम्वदन्ती अनसार बाइसे-चौविसे राजाहरुका पालामा तम्घासको पश्चिममा पर्ने अर्जुनको डाँडामा कैटभ्य नाम गरेका भुरे राजा राज्य गर्दथे । उनी अत्यन्त क्रुर र यौन पिपासु थिए । कुनै एक नव बधुले आफ्नो सतित्व हरण भएपछि भीरबाट फाल हालेर मर्नुअघि यसै मन्दिर भए ठाउँ आई प्राण त्याग गरेको भन्ने किंवदन्ती रहेकाले यसै ठाउँलाई देवीको स्वरुप मानेर यस मन्दिरको स्थापन गरिएको किम्वदन्ती छ । अहिले पनि यस क्षेत्रमा विवाह गरी आउने दुलाहा दुलहीहरुले यस मन्दिरमा पाठो चढाउने गर्दछन् । यस मन्दिरमा दिनहुँ पूजा-पाठ भइरहन्छ । यस प्रकारको ऐतिहासिक सांस्कृतिक महत्वको यो मन्दिर प्रचार-प्रसारको अभावमा ओझेलमा परिरहेका अवस्थामा यसको महत्वलाई उजागर गर्न सम्बन्धित पक्ष लागिपर्नुपर्ने कुरा स्थानीयबासीहरु बताउछन् ।

समाचार: एभिन्युज टिभी
फोटो: यदुनाथ ज्ञवाली

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग