Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हत्याको विरोधमा दलित समुदायद्वारा विरोधसभा

Published on 5:58:00 PM //

आँपचौर गाविस-७ निवासी २३ वर्षीय भीमसेन दर्जीको ०६५ कात्तिक १० गते भएको रहस्यमय हत्याको विरोधमा ०६५ पुस २१ गते गुल्मीका दलित समुदायले सदरमुकाम तम्घासमा विरोधसभा गरेका छन् ।
हत्याको छानविनमा ढिलाइ भएको भन्दै दलित संयुक्त संघर्ष समितिले आयोजना गरेको उक्त कार्यक्रम नाराजुलुसका साथ बजार परिक्रमा गरी सभामा परिणत भएको थियो । सभामा बोल्दै संघर्ष समितिका अध्यक्ष गणेश विश्वकर्माले दोषीमाथि तत्काल कारबाहीको माग राख्दै चरणवद्ध आन्दोलनको घोषणा गरे । हत्यामा संलग्न भएको आरोपमा आफूहरूले आँपचौर गाविसका घनश्याम खरेल र सोही ठाउँका डिलवहादुर घर्तीलाई प्रहरी हिरासतमा राखेको प्रहरी नायव उपनिरक्षक राजेन्द्र पालिखेले बताए ।
यसैबीच, नेकपा (एमाले) गुल्मीले ०६५ पुस २१ गते गरेको बन्दको कारण गुल्मीको जनजीवन प्रभावित भएको छ । माओवादीद्वारा ०६५ पुस १९ गते आफ्ना तीन जना कार्यकर्ता खडकोट गाविस निवासी कृष्ण ज्ञवाली, कृष्ण सुवेदी र नन्दी किशोर ढकालमाथि अपहरण पछि भएको कुटपिटको विरोधमा एमालेले बन्दको आव्हान गरेको हो ।
Source: INSEC

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग