Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सरकारी कार्यालयहरु प्रमुखबिहीन

Published on 4:53:00 PM //

गुल्मी जिल्लाका अधिकाङ्श सरकारी कार्यालयहरू लामो समयदेखी प्रमुखबिहीन भएका छन । कार्यालय प्रमुख नहुँदा झन्डै एक दर्जन कार्यालय कायममुकायम ममुकायम र निमित्तले चलाउदै आएका छन । केही दिन देखी सरकारी वकिल कार्यालय प्रमुखबिहीन बनेको छ । सरकारी वकिल कुलप्रशाद पाण्डे बिदामा गएकाले कार्यालयका सरकारी मुद्दा प्रभावित भएका छन । जिल्ला प्रशासन कार्यालयले दिएको जानकारी अनुसार पशु सेवा कार्यालय पाँच महिनादेखी निमित्तले चलाऊदै आएका छन । त्यस्तै कृषि, महिला,बिकास, भु-सम्रक्षण, हुलाक पनि निमित्तकै भरमा छन । जिल्ला हुलाक कार्यालय २ बर्षादेखी नै प्रमुख बिहीन छ । सरकारी कार्यालयका प्रमुखहरु नभएको भनी जानकारी दिने जिल्ला प्रशासन कार्यालय समेत कायममुकायमबाट चलेको छ । प्रमुख शिक्षा अधिकारी ईश्वरीप्रशाद सुबेदिले अवकास लिएपछी झन्डै १ बर्षादेखी शिक्षा कार्यालय कायममुकायमबाट चल्दै आएको छ । हुलाक कार्यालयका माधवप्रसाद शर्मा शान्ती मन्त्रालयमा सरुवा भएपछी २ बर्षादेखी नै कार्यालय हरी गैरेले निमित्त भएर चलाऊदै आउनुभएको छ । त्यस्तै भदौदेखी बेपत्ता भएका पशु सेवा कार्यालयका प्रमुख भेषराज पौडेल नफर्केपछी कार्यालय प्राबिधिक रामबहादुर थापाको भरमा कार्यालय सन्चालित छ । कृषि कार्यालय पनि झन्डै तीन महिनादेखी प्रमुखबिहीन छ । बारीष्ठ कृषि अधिक्रित मोहनलाल श्रेष्ठले अवकास लिएपछी अन्य प्रमुख आएका छैनन । बिभागले कृषि अधिक्रीत दामोदर देवकोटालाई निमित्त बनाएको छ । प्रमुख जिल्ला अधिकारि टेकबिर रायमाझी मन्त्रालयबाट भ्रमणमा गएपछी सहायकले चलाऊदै आएका थिए तर सहायक भविश्वोर पाण्डे पनि परिक्षा तयारीका लागि अहिले बिदामा छन ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग