Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिप दुर्घटनामा तीन घाइते

Published on 11:31:00 PM //

Gulmi Darshan
सदरमुकाम तम्घासबाट अर्खाबाङतर्फ जाँदै गरेको लु१ज १४७२ नम्बरको जिप घमिर गाविसको भानुपोखरामा शनिबार राति दुर्घटना हँदा तीन यात्रु घाइते भएका छन् ।
घमिरमा भएको दुर्घटनामा ह्वाङ्दी-४ का लालबहादुर थापा, धनबहादुर विक र उनका १२ वर्षका छोरा दीपेन्द्र विक घाइते भएका छन् । टाउकामा चोट लागेका थापाको अवस्था गम्भीर भएको जिल्ला अस्पतालले जनाएको छ ।
दस यात्रु लिएर जाँदै गरेको जिपको पट्टा भाँचिएर सडकबाट ५० मिटर तल झरेको प्रहरीले जनाएको छ ।


Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग